२०८३, २० श्रावण बिहीबार

जोखिम मोल्दै बालुवा मजदुर

जोखिम मोल्दै बालुवा मजदुर


धादिङ, २२ भदौ: त्रिशूली नदीबाट बालुवा झिकेर जीविका चलाइरहेका बालुवा मजदूरहरु जोखिम मोलेर परिवार पालिरहेका छन् । गल्छी गाउँपालिका वडा नं ४ बेल्खुस्थित त्रिशूलीबाट दैनिक बालुवा झिकेर गुजारा गरिरहेका जाजरकोटबाट आएका रमेश रोकाया त्रिशूलीको भेलसंँगै बालुवा झिकेर साथीको थुञ्चेमा राख्दै हुनुहुन्थ्यो । घर छाडेर बालुवा झिक्न आई नदीको भेलमा हेलिँदा जोखिम जति भए पनि आम्दानीले लोभ्याएको उहाँ बताउनुहुन्छ ।

जाजरकोटबाट मात्र होइन नेपालका २० भन्दा बढी जिल्लाबाट बालुवा झिक्नका लागि धादिङका विभिन्न स्थानमा करीब १० हजार मजदूर आएको अनुमान गरिएको छ । बालुवा झिक्न र बिक्री गर्नका लागि पनि सहज छैन । नदीमा डुबेर बालुवा निकालेपछि खोला किनारमा बालुवा राख्दा समेत हरेक एक गाडीको रु एक हजार पाँच सय भाडा तिर्नुपर्छ । गाउँपालिकालाई छुट्टै कर तिर्नुपर्छ, त्यसमा पनि बिचौलियाले पैसा लिन्छ ।

एक ट्रिप निकाल्न चार जना भयो भने मुश्किलले एक दिनमा एक ट्रिप बालुवा झिक्न सकिन्छ । जताततै कर तिर्दा हैरानी भइरहेको रोकायाको भनाइ छ । जग्गा र बाटो कर, गाउँपालिकालाई कर, वातावरण प्रदूषण करसमेत तिर्नुपर्ने भएपछि आफूहरु मर्कामा परेको उनीहरुले गुनासो गरेका छन् ।
-रासस

प्रकाशित मिति : २०७५, २२ भाद्र शुक्रबार  ५ : ३९ बजे

आज बस्दै राष्ट्रियसभा बैठक, गृहमन्त्रीको जवाफदेखि सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक पेस हुने

काठमाडौं। सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज अपराह्न १:१५ बजे सिंहदरबारस्थित

आज कहाँ–कहाँ पर्छ भारी वर्षा? यी प्रदेशमा उच्च सतर्कता अपनाउन मौसम विभागको आग्रह

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेसँगै आज पनि विभिन्न

विदेश अध्ययन गर्नेलाई नबिल बैंकको विशेष उपहार, पुतलीसडकमा खुल्यो ‘एजुकेसन हब’

काठमाडौं । नबिल बैंक ले विदेशमा उच्च शिक्षा अध्ययन गर्न

पूर्वप्रधानमन्त्री शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किने

काठमाडौँ । शेख हसिना ले आगामी डिसेम्बरमा बंगलादेश फर्किने घोषणा

बिपी क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा सञ्चालनको तयारी, चीनको ८४ करोड सहयोग

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल मा अत्याधुनिक बोनम्यारो