२०८३, २ श्रावण आईतबार

दिनदहाडै लुटपाट गर्ने चार भारतीय पक्राउ

दिनदहाडै लुटपाट गर्ने चार भारतीय पक्राउ


दमौली, २१ भदौ : दिनदहाडै लुटपाट गरेर भाग्दै गरेका चार भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा भारत पश्चिम बङ्गाल कुचविहार जिल्ला कालीबाडी थानाका ३० वर्षीय आनन्द दास, शान्तिपडा थाना वडा नं ६ का ४० वर्षीय विनोद ग्वाला, विहार प्रदेश अररिया जिल्ला जोगमुनी थाना जोगमुनी गाउँका ४२ वर्षीय अजय शाह र पश्चिम बङ्गाल जलपाइ जिल्ला मेनागुडी थाना रेलवेकलौनी गाउँ बस्ने २६ वर्षीय बादल ग्वाला पक्राउ परेको तनहँु प्रहरीले जनाएको छ ।

गत सोमबार नेपाल बैंकबाट पैसा निकालेर आएका व्यास–७ का कृष्णबहादुर बसौलालाई पिछा गर्दै उनीहरुले बसौलाले बोकेको व्यागसहित रु १७ हजार चोरी गरेर भागेका थिए । उनीहरुले सुनियोजितरुपमा बसौलाको सर्टमा हिलो छ्यापी झोला चोरेर भागेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । झोला चोरी गरी फरार रहेका व्यक्तिलाई बजारमा जडान गरिएका सिसी क्यामेरामा कैद भएका भिडियोका आधारमा बुधबार साँझ ५ः३० बजे पक्राउ गरिएको उहाँले बताउनुभयो ।

प्रहरीले निजका साथबाट चोरी अपराधमा प्रयोग हुने पेचकस, फलामे रड तथा नगद रु १५ हजार ६०० बरामद गरेको छ । पक्राउ परेकाले चोरी गरेको स्वीकार गरेको र यसभन्दा अगाडि सोही तवरबाट विभिन्न जिल्लामा चोरी गर्ने गरेको बयान दिएका छन् । उनीहरुविरुद्ध आज तनहुँ अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २१ भाद्र बिहीबार  ९ : ०८ बजे

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

केहीबेरको वर्षामै काठमाडौं जलमग्न, माइतीघर डुबानमा परेपछि सवारी आवागमन प्रभावित

काठमाडौं । बिहीबार दिउँसो परेको अविरल वर्षाले काठमाडौं उपत्यकाका विभिन्न

‘मार्वल’को ट्रेडमार्क दुरुपयोग गरेको आरोप, जानकी प्लास्टिक उद्योगका सञ्चालक पक्राउ

जनकपुरधाम । प्रसिद्ध ‘मार्वल’ ब्रान्डको ट्रेडमार्क दुरुपयोग गरी नक्कली पाइप

अब राइड सेयरिङ चालकले अनिवार्य प्यान लिनुपर्ने, राजस्व विभागको नयाँ निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवामा आबद्ध चालकहरूलाई

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, विभिन्न नियुक्ति र समसामयिक विषयमा निर्णय हुने सम्भावना

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित