२०८१, ३ मंसिर सोमबार

बलेवा विमानस्थल डेढ महिनादेखि ठप्प

बलेवा विमानस्थल डेढ महिनादेखि ठप्प


पर्वत, २१ भदौ: झण्डै साढे दुई दशकपछि सञ्चालनमा आएको बलेवा विमानस्थल डेढ महिनादेखि ठप्प भएको छ । गएको चैत ९ गतेदेखि नियमित सञ्चालनमा आएको सो विमानस्थल पाँच महिना पनि नपुग्दै पुनः बन्द भएको हो । डेढ महिनाभन्दा बढीदेखि त्यहाँ कुनै पनि उडान हुन सकिरहेको छैन ।

बलेवा विमानस्थलमा उडान भर्दै आएका दुईवटै विमान बिग्रिएपछि उडान अवरुद्ध भएको हो । नेपाल एयरलाइन्सको विमान मर्मतमा राखिएको र तारा एयरको विमान हुम्लामा दुर्घटनामा परेपछि विमान अभावका कारण उडान नभरेको विमानस्थलले जनाएको छ । तारा एयरले सूचना नै जारी गरी असार, साउन र भदौमा उडान नहुने जानकारी गराएको थियो । अन्तिम पटक गएको असार २८ मा नेपाल एयरलाइन्सले उडान भरेको थियो ।

नेपाल वायु सेवा निगम बलेवा विमानस्थलका स्टेशन म्यानेजर कमलप्रकाश पौडेलका अनुसार ‘पुराना विमान बिग्रिएका कारण झण्डै डेढ महिनादेखि उडान हुन नसकेको हो । एकातिर यात्रुको अभाव हुने र अर्कोतर्फ पुराना विमान बिग्रिएर मर्मतका लागि राखिएकाले उडान हुन नसकेको हो ।’ अपुग यात्रुको हर्जना बागलुङ नगरपालिकाले व्यहोर्ने सहमति भएपछि गएको चैत ९ गतेदेखि विमानस्थल सञ्चालनमा आएको थियो । नगरपालिकाले अपुग यात्रुको हर्जना तिर्दै आएको भए पनि चालु आर्थिक वर्षदेखि विमान नै आउन छाडेपछि भुक्तानीसमेत रोकेको छ ।

चैतदेखि हालसम्म दुवै कम्पनीले कुल २५ वटा उडान भरेका छन् । नेपाल एयरलाइन्सले १३ र तारा एयरले १२ वटा उडान भरेको म्यानेजर पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल एयरलाइन्सको १३ वटा उडानमा अपुग भएका यात्रुको हर्जाना पाँच लाख १४ हजार ४०० र तारा एयरको १२ वटा उडानमा अपुग यात्रुको हर्जाना रु पाँच लाख ६५ हजार गरी कुल रु १० लाख ७९ हजार ४०० नगरपालिकाले तिरेको छ । एकातिर विमानस्थल पनि कालोपत्र नभएको र अर्कोतर्फ मौसमका कारण देखाउँदै उडान नमान्ने गरेको पौडेलले बताउनुभयो ।

रनवे कालोपत्र नभएकाले वर्षा रोकिएको दुई घण्टापछि मात्र उडान भर्न मिल्छ, उहाँले भन्नुभयो, “वर्षा र यात्रुको सुनिश्चिता नहुँदा पनि समस्या भएको हो ।” तारा एयरले आगामी असोजदेखि र नेपाल एयरलाइन्सले केही दिनपछि मात्रै उडान भर्ने जानकारी आएको भए पनि निश्चित भने नभएको म्यानेजर पौडेलले बताउनुभयो । आइतबार तारा एयर र बिहीबार नेपाल एयरलाइन्सले उडान भर्दै आएका थिए ।

विमानमा दुवैतर्फ गरेर २४ जना यात्रु हुनुपर्नेमा यात्रु नपुग भएमा त्यसको हर्जना बागलुङ नगरपालिकाले बुझाउनुपर्ने सम्झौताअनुसार तारा एयरको उडान भाडा प्रति यात्रु छ हजार ७९५ तथा नेपाल एयरलाइन्सको रु पाँच हजार ६०० प्रति यात्रुका दरले बुझाउँदै आएको छ । ती विमान कम्पनीलाई बागलुङ नगरपालिकाले रु २० लाख अग्रीम पेश्की दिएपछि मात्र त्यहाँ विमान सञ्चालनमा आएको थियो । तर ती कम्पनी रित्तो जहाज उडाएर भाडा असुली गरिरेहेको बताइएको छ ।

पर्वत सदरमुकाम कुश्मा बजारसँगै जोडिएको बलेवा विमानस्थल सञ्चालनमा ल्याउन पटकपटक पहल गरिए पनि नागरिक उड्डयन प्राधिकरणले यात्रुको सुनिश्चितताको लिखित प्रतिबद्धता मागेपछि अपुग यात्रुको व्ययभार नगरपालिकाले व्यहोर्ने सर्तमा विमानस्थल नियमित सञ्चालनमा आएको थियो ।

विमानस्थलसम्म पुग्नका लागि सडक कालोपत्र गर्ने प्रयास भइरहेको नगरपालिकाले जनाएको छ । अहिले पनि विमानस्थलसम्म पुग्ने बाटोको पहुँच राम्रो नभएकाले पनि यात्रु अभाव हुन थालेका हुन् । बागलुङ, म्याग्दी वा पर्र्वत सदरमुकामदेखि बलेवा विमानस्थलसम्म पुग्नुभन्दा पोखरा पुग्न सहज र पोखरा पुगेपछि सहजै विमान पाइने ग्यारेण्टी भएकाले पनि विमानस्थल सञ्चालनमा कठिनाइ भएको जनाइएको छ । विसं २०१८ मा निर्माण भएको सो विमानस्थल पोखरा–बागलुङ राजमार्ग खुलेपछि २६ वर्षदेखि बन्द थियो । बलेवादेखि काठमाडौँसम्म ४५ मिनेटमा पुगिने हवाई शुल्क धेरै भएपछि यात्रुले भाडा समायोजन गर्न माग गरेका थिए ।
-रासस

प्रकाशित मिति : २०७५, २१ भाद्र बिहीबार  ७ : ५४ बजे

तराईमा हुस्सु लाग्ने, दुई प्रदेशमा बर्षाको सम्भावना

काठमाडौं । देशभर पश्चिमी वायु तथा पहाडी भू–भागमा स्थानीय वायुको

दार्चुला दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या ८ पुग्यो

दार्चुला । दार्चुलामा आज बिहान भएको जिप दुर्घटनामा मृत्यु हुनेको

सामान्य प्रशासन मन्त्रालयको निर्देशन : सरुवा भएका कर्मचारीलाई ७ दिनभित्र कार्यालयमा हाजिर हुनु

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न कार्यालयमा

राष्ट्रपति पौडेल कोप–२९ मा सहभागी भई फर्कनुभयो राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको राजधानी बाकुमा आयोजित जलवायु

काभ्रेको पाँचखालमा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु

धुलिखेल । काभ्रेको पाँचखालमा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको