२०८२, २० चैत्र शनिबार

साफ च्याम्पियनसिप दोस्रो खेलमा भूटानमाथि नेपालको शानदार जित

साफ च्याम्पियनसिप दोस्रो खेलमा भूटानमाथि नेपालको शानदार जित


काठमाडौँ, २१ भदौ बङ्गलादेशमा जारी साफ च्याम्पियनसिपअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा भूटानमाथि शानदार जित हात पारेको छ ।

बङ्गलादेशको राजधानी ढाकास्थित बङ्गबन्धु रङ्गशालामा भर्खरै सम्पन्न खेलमा नेपालले भूटानलाई ४–० गोलले पराजित ग¥यो ।

नेपालले खेलको २१औँ मिनेटमा अनन्त तामाङको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफमा १–० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा थप तीन गोल गर्दै ४–० को जित निकालेको हो ।

त्यसैगरी ७०औँ मिनेटमा सुनिल बलले दोस्रो गोल गरेका थिए । भुटानी खेलाडी निमा वाङ्दीले निराजन खड्कालाई डि एरियामा फाउल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । विमल घर्तीमगरले पेनाल्टी सदुपयोग गर्न नसके पनि रिवाउण्डमा आएको बललाई सुनील बलले गोलमा परिणत गरेका थिए ।

त्यसपछि खेलको ७७औँ मिनेटमा भरत खवासले उत्कृष्ट गोल गरे । भुटानलाई लगातार दबाबमा राखेको नेपालले ८८ औँ मिनेटमा निराजन खड्काले गोल गरेर नेपाललाई ४–० को जित दिलाए । जितसँगै नेपालले महत्वपूर्ण तीन अङ्क जोडेको छ ।

जितसँगै नेपालको सेमिफाइल पुग्ने सम्भावना बढेको छ । हारसँगै भूटान प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि नेपाल पहिलो खेलमा मङ्गलबार पाकिस्तानसँग २–१ ले पराजित भएको थियो । नेपालले अब समूहको अन्तिम खेल आयोगक बङ्गलादेशसँग शनिबार खेल्नेछ ।

प्रकाशित मिति : २०७५, २१ भाद्र बिहीबार  ६ : २८ बजे

कलाकार सागर लम्साल (बले) पक्राउ

काठमाडौं । चर्चित कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन्।

काठमाडौंमा प्रहरीको रातभर सर्च अप्रेशन: १९५ जना पक्राउ

काठमाडौं । काठमाडौंको विभिन्न क्षेत्रमा प्रहरीको ठूलो सर्च अप्रेशन चलाइएको

एमालेको निष्कर्ष: बादलको अभिव्यक्ति त्रुटिपूर्ण

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका

काठमाडौं। अमेरिकी गुप्तचर निकायले इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली अझै कायम

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।