२०८३, ३१ भाद्र बिहीबार

चट्याङ लागेर बालकको मृत्यु, दुई घाइते

चट्याङ लागेर बालकको मृत्यु, दुई घाइते


हेटौँडा, २१ भदौ : मकवानपुरका छुट्टाछुट्टै स्थानमा आज अपराह्न पानी र हावाहुरीसँगै परेको चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरीमा चट्याङ पर्दा ११ वर्षीय बालक रोजन लामाको मृत्यु भएको हो । उनी आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा चट्याङ लागेर घाइते भएका थिए । उपचारका क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी चट्याङ लागेर बकैया गाउँपालिका–११ ठिँगनमा ३७ वर्षीय कृष्णलाल स्याङ्तान र हेटाँैडा उपमहानगरपालिका–७ की ४० वर्षीया सावित्री लुइँटेल घाइते भएका छन् । लुइँटेललाई खाना पकाउन लाग्दा चट्याङ लागेको थियो । स्याङ्तान र लुइँटेलको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको हेटौँडा अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २०७५, २१ भाद्र बिहीबार  ५ : २६ बजे

भोटेकोशीको अकल्पनीय विपत्ति :पुनर्निर्माण संरचनाको कि सुरक्षित भविष्यको ?

भोटेकोशी–त्रिशूली जलाधारमा आएको विनाशकारी बाढीले नेपालसामु एउटा गम्भीर प्रश्न खडा

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक