२०८३, ८ असार मंगलबार

त्रिविमा घटे ४ वर्षमा अढाइ लाख विद्यार्थी !

त्रिविमा घटे ४ वर्षमा अढाइ लाख विद्यार्थी !


काठमाडौं , भदौ २१ : त्रिभुवन विश्वविद्यालयमा चार वर्षमा झन्डै साढे दुई लाख विद्यार्थी घटेका छन् । ०७२ मा आंगिक र सम्बन्धनप्राप्त क्याम्पसमा गरी ६ लाख ४ हजार ४ सय ३७ भर्ना भएकामा ०७५ मा जम्मा ३ लाख ६७ हजार ४ सय २७ मात्र भर्ना भएका छन् ।

केही वर्षयता त्रिविमा निरन्तर विद्यार्थी संख्या घटेको छ । आंगिकमा मात्र होइन त्रिविका सम्बन्धनप्राप्त क्याम्पसमा समेत विद्यार्थी संख्या घटेको हो । ०७२ मा आंगिकमा २ लाख ७३ हजार ३ सय ४९ र सम्बन्धनप्राप्त क्याम्पसमा ३ लाख ३१ हजार ८८ गरी ६ लाख ४ हजार ४ सय ३७ विद्यार्थी भर्ना भएका थिए ।

०७३ मा अघिल्लो वर्षभन्दा झन्डै दुई लाख विद्यार्थी घटेका छन् । सो वर्ष आंगिकमा १ लाख ६९ हजार ८ सय ६५ र सम्बन्धनप्राप्त क्याम्पसमा २ लाख ६६ हजार ९ सय १६ गरी जम्मा ४ लाख ३६ हजार ७ सय ८१ विद्यार्थी मात्र भर्ना भए ।

०७४ मा पनि विद्यार्थी संख्या निरन्तर घट्यो । सो वर्ष त्रिविका सबै क्याम्पसमा गरी ३ लाख ६० हजार २ सय ५४ विद्यार्थी मात्र भर्ना भए । ०७५ मा अघिल्लो वर्षभन्दा कुल विद्यार्थी संख्या ७ हजार बढेको त्रिविको तथ्यांक छ । ०७५ मा आंगिकमा १ लाख ४२ हजार २ सय ९६ र सम्बन्धनप्राप्तमा २ लाख २८ हजार ९ सय ६ गरी ३ लाख ६७ हजार चार २७ विद्यार्थी भर्ना भएका छन् ।
-नयाँ पत्रिका

प्रकाशित मिति : २०७५, २१ भाद्र बिहीबार  ७ : ०१ बजे

रास्वपा महाधिवेशन अघि बढ्यो : मतदाता नामावली प्रकाशन, सभापतिदेखि सबै पदमा प्रतिस्पर्धा खुला

चितवन । प्रतिनिधि नामावली विवादका कारण सोमबारदेखि रोकिएको राष्ट्रिय स्वतन्त्र

चार वर्षपछि विनोद शाही हत्या प्रकरणमा नयाँ मोड : उच्च अदालतबाट ६ जनालाई जन्मकैद

धनगढी । अछामका किशोर विनोद शाहीको हत्या प्रकरणमा जिल्ला अदालतले

प्रतिनिधि विवादले रास्वपाको बन्द सत्र प्रभावित, महाधिवेशन कार्यतालिका अस्तव्यस्त

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत सोमबार

कमलामाईमा सार्वजनिक खरिद व्यवस्थापन तालिम सकियो

सिन्धुली: सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धी तालिम आज सकिएको छ ।

कमलामाई नगरपालिका र कोरियाली सरकारबीच १ अर्बभन्दा बढीको सम्झौता

सिन्धुली: सिन्धुलीको कमलामाई नगरपालिका र गणतन्त्र कोरिया सरकारबीच कृषि तथा