२०८३, ८ बैशाख बुधबार

खाडीमा नेपाली महिलाको कोख भाडामा, अरबीका लागि बच्चा जन्माइ फर्किने गरेको तथ्य !

खाडीमा नेपाली महिलाको कोख भाडामा, अरबीका लागि बच्चा जन्माइ फर्किने गरेको तथ्य !


काठमाडौं , भदौ २१ : बर्दियाकी एक चौधरी थरकी युवतीले खाडीमा छोरी जन्माएर घर फर्किइन् । शुरुमा परिवारले घरमा पस्न दिएनन् । पछि श्रीमानले ‘जे भयो, भयो’ भनेर श्रीमतीलाई घरमा भित्र्याए, विदेशीको उपहार छोरीसहित । मालिकले गर्भवती बनाए । छोरी जन्मियो । बच्चा जन्मिएपछि यही छोड्नु पर्छ भन्ने पूर्व सहमति थिएन । मालिकले यौन हिंसा गर्दा बच्चा जन्मिएको थियो । मालिकले छोरी छोड्नै पर्छ भन्ने कर गरेनन् । सोझी युवतीले पनि विदेशबाट बच्चा बोकेर फर्किदा मलाई गाउँमा के भन्लान् भन्ने फिक्रि गरिनन् ।

नौ महिना गर्भमा रहेको सन्तानलाई छोड्न कुन चाहि आमाको मनले मान्छ र ? अहिले उनी घरमै छिन् । खेती किसानी गर्छिन् । ‘विदेशी’ छोरी हुर्किदै छिन् । यो त हिंसामा परेकी युवतीको कुरा भयो । तर, यतिबेला खाडीमा गएका कतिपय नेपाली महिलाले कोख भाडामा दिएर अरबीका लागि बच्चा जन्माइ फर्किने गरेको तथ्य बाहिर आएको छ । १२ औं मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवसका अवसरमा नेपालगञ्जमा आयोजित ‘जिल्लाको मानव बेचबिखनको अवस्था र चुनौती’ विषयक अन्तरक्रियामा सरोकारवाला निकायले यस्तो तथ्य बाहिर ल्याएका हुन् ।

‘भारत तथा खाडीमा पैसा लिएर कोख भाडामा दिने गरेका घटनाहरु आएका छन्, मानव बेचबिखन तथा ओसारपसार विरुद्धको जिल्ला समितिका सदस्य एवं माइती नेपाल, नेपालगञ्जका क्षेत्रीय संयोजक केशव कोइरालाले भन्नुभयो–नयाँ कुरा भएकाले हामीले यसलाई विशेष तरिकाले हेर्दै छौ ।’ उहाँले यस्तो गरेका महिला भेटिएपनि कुरा बाहिर ल्याउन नचाहेको बताउनुभयो ।

खाडीमा हिंसामा परेर फर्किएकी बाँकेकी एक महिलाले पनि आफूले यस्तो कुरा उही सुनेको बताइन् । ‘अरबीहरुले नेपाली महिलाबाट बच्चा जन्माउने गरेको मैले खाडीमै थाहा पाएको थिए, सात महिनामा ६ घर वटा फेर्दा पनि हिंसामा परेकी ती महिलाले भनिन्, बच्चा जन्माइदिंदा अरबीले राम्रै पैसा दिने गरेको दलालले सुनाएका थिए ।’ उहांका अनुसार, कतिपय महिलाले भने हिंसामा परेर गर्भ बोक्छन् र फाल्छन् ।
– नेपाल समाचारपत्र

प्रकाशित मिति : २०७५, २१ भाद्र बिहीबार  ६ : ३३ बजे

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले

ओलीले आज नेकपा स्थापना दिवसमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले