२०८३, २० श्रावण बिहीबार

करेन्ट लागेर दुई जनाको मृत्यु

करेन्ट लागेर दुई जनाको मृत्यु


बाजुरा, २० भदौ : बाजुरा कोल्टीमा करेन्ट लागेर आज दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीनन्दा नगरपालिका–३ मेलढुस्काका ४५ वर्षीया साउनी कला बोहरा र ५० वर्षीय बुदे बोहरा रहेका छन् ।

कोल्टीको बड्डीगार्ड खोला लघुजलविद्युत्को तार चुँडिएर खेतमा परेको अवस्थामा बारी गोड्न गएका बेला साउनी कलाको मृत्यु भएको होे । मृत्यु भएको जानकारीपछि उद्धारका लागि गएका बुदे बोहराको पनि करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

खेतबारीमा काम गर्न गएको बेला पोल ढलेर तार खेतबारीमा फैलिएको अवस्थामा करेन्ट लागेर दुबै जनाको मृत्यु भएको साउनीकलाका छोरा धनबहादुर बोहाराले बताउनुभयो । जलविद्युत् आयोजनाको लापरवाहीका कारण दुईजनाले ज्यान गुमाउनु परेको पनि उहाँले बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २० भाद्र बुधबार  ९ : ५२ बजे

आज कहाँ–कहाँ पर्छ भारी वर्षा? यी प्रदेशमा उच्च सतर्कता अपनाउन मौसम विभागको आग्रह

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेसँगै आज पनि विभिन्न

विदेश अध्ययन गर्नेलाई नबिल बैंकको विशेष उपहार, पुतलीसडकमा खुल्यो ‘एजुकेसन हब’

काठमाडौं । नबिल बैंक ले विदेशमा उच्च शिक्षा अध्ययन गर्न

पूर्वप्रधानमन्त्री शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किने

काठमाडौँ । शेख हसिना ले आगामी डिसेम्बरमा बंगलादेश फर्किने घोषणा

बिपी क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा सञ्चालनको तयारी, चीनको ८४ करोड सहयोग

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल मा अत्याधुनिक बोनम्यारो

ओली ब्याक भएपछि कोशीमा हिक्मत कार्कीलाई निरन्तरता, उपयुक्त समयमा मात्रै नेतृत्व परिवर्तन

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा नदिने अडान