२०८२, २० चैत्र शनिबार

नेपाल पाकिस्तानसँग पराजित

नेपाल पाकिस्तानसँग पराजित


काठमाडौं, भदौ १९ । साफ च्याम्पियनसिप फुटबलमा नेपालले खराब सुरुआत गरेको छ ।मंगलबार बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल पाकिस्तानसँग २–१ ले पराजित भएको हो ।खेलको ३४औं मिनेटमा पेनाल्टीमा गोल खाएर पछि परेको नेपालले ८२औं मिनेटमा गोल गरेर बराबरी गरेको थियो । विमल घर्तीमगरले बराबरी गोल फर्काएका थिए ।

तर, खेलको अन्तिम मिनेटमा पाकिस्तानले पुनः गोल हानेपछि नेपाल २–१ ले पराजित हुनपुग्यो ।मंगलबारदेखि सुरु भएको प्रतियोगितामा दक्षिण एसियाली देशका सात टिम सहभागी छन् । नेपाली टिम उपाधि जित्ने लक्ष्यमा रहेको छ ।नेपाल फिफा वरीयतामा १६१औं स्थानमा छ भने पाकिस्तान २०१औं स्थानमा रहेको छ ।

नेपाल रहेको समूह ‘ए’मा बंगलदेश, भुटान र पाकिस्तान छन् । समूह ‘बी’मा भने भारत, श्रीलंका र माल्दिभ्स छन् ।अब नेपालले बिहीबार भुटानको सामना गर्नेछ भने शनिबार आयोजक बंगलादेशको सामना गर्नेछ ।नेपालले अहिलेसम्म साफ च्याम्पियनसिप फुटबलको उपाधि जित्न सकेको छैन ।

साफ च्याम्पियनसिपमा नेपालले खेलका २८ खेलमध्ये ८ खेलमात्र जितेको छ । ४ खेल बराबरीमा सकाएको नेपालले १६ खेलमा हार व्यहोरेको छ ।नेपालले साफ च्याम्पियनसिप फुटबलमा अहिलेसम्म कुल ३३ गोल गर्दा ४५ गोल खाएको छ ।

प्रकाशित मिति : २०७५, १९ भाद्र मंगलबार  ७ : २४ बजे

कलाकार सागर लम्साल (बले) पक्राउ

काठमाडौं । चर्चित कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन्।

काठमाडौंमा प्रहरीको रातभर सर्च अप्रेशन: १९५ जना पक्राउ

काठमाडौं । काठमाडौंको विभिन्न क्षेत्रमा प्रहरीको ठूलो सर्च अप्रेशन चलाइएको

एमालेको निष्कर्ष: बादलको अभिव्यक्ति त्रुटिपूर्ण

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका

काठमाडौं। अमेरिकी गुप्तचर निकायले इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली अझै कायम

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।