२०८१, १ चैत्र शनिबार

लाप्राक पुनः निर्माण छिटो सम्पन्न गर्न प्राधिकरणको आग्रह

लाप्राक पुनः निर्माण छिटो सम्पन्न गर्न प्राधिकरणको आग्रह


काठमाडौँ, १९ भदौ : गोरखाको लाप्राकमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले बनाइरहेको एकीकृत नमूना बस्ती छिटो पुनः निर्माण हुनुपर्नेमा जोड दिइएको छ । लाप्राक बस्ती पुनः निर्माणको पछिल्लो अवस्था तथा त्यहाँ सञ्चालन गर्न सम्भव हुने आयआर्जन कार्यक्रमबारे राष्ट्रिय पुनः निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आज सङ्घका केन्द्रीय पदाधिकारीसँग छलफल गर्नुभयो ।

लाप्राकको एकीकृत बस्ती सम्पन्न हुँदा भूकम्प प्रभावित अन्य क्षेत्रमा पनि सकारात्मक सन्देश जाने भएकाले पुनः निर्माण शीघ्र सम्पन्न गर्न उहाँले आग्रह गर्नुभयो । बाँकी कामको निश्चित समयसीमा निर्माण गरी काम गर्न र त्यहाँ आयआर्जनको पनि योजना बनाउन प्राधिकरणले सुझाव दिएको छ । “प्राधिकरणले पुनः निर्माणका क्रममा एकीकृत नमूना बस्तीलाई प्रोत्साहन गर्ने नीति लिएको छ, लाप्राकको एकीकृत बस्ती पुनः निर्माणको अनुभव अन्य क्षेत्रलाई पनि अनुसरणयोग्य हुनेछ”, प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भन्नुभयो ।

पुनः निर्माणको काम छिटो सक्न प्राधिकरणका तर्फबाट आवश्यक पर्ने सहयोग गरिने पनि उहाँले बताउनुभयो । सो अवसरमा सङ्घका अध्यक्ष भवन भट्टले मौसमी कठिनाइ, सामान ढुवानी गर्न बाटोको समस्या तथा विकटता हुँदाहुँदै पनि लाप्राक पुनः निर्माण शीघ्र सम्पन्न गर्न कटिबद्ध रहेको प्रतिबद्धता व्यक्त गर्दै भौतिक पुनः निर्माण सकिएपछि घरबास (होमस्टे) सहितका पर्यटन प्रवद्र्धन, कृषि तथा पशु विकासका कार्यक्रम लैजाने योजना बनाइएको जानकारी दिनुभयो । छलफलमा प्राधिकरणका कार्यकारी सदस्यद्वय धुव्रप्रसाद शर्मा र डा चन्द्रबहादुर श्रेष्ठ, सङ्घका महासचिव डा बद्री केसी, लाप्राक बस्ती पुनः निर्माण परियोजना निर्देशक सुभाष अधिकारीलगायतको सहभागिता थियो । लाप्राकमा सङ्घले भूकम्प प्रभावितका लागि ५७३ घर निर्माण गरिरहेको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १९ भाद्र मंगलबार  ६ : ३४ बजे

पत्रकारलाई परिचयपत्र वितरण गर्न प्रेस रजिष्टारको कार्यालय वाग्मतीद्वारा शिविर आयोजना 

रामेछाप । प्रेस रजिष्टार कार्यालय वाग्मती प्रदेशले रामेछापमा पत्रकारहरूको लागि

कला र साहित्यले विश्वव्यापी भाइचारालाई मजबुत बनाउँछ : पूर्वराष्ट्रपति

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कला र साहित्यले हाम्रा भगोलिक

देशको आर्थिक अवस्था सुखद छैन् गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय देशको आर्थिक अवस्था

साँखुमा स्कुल बस दुर्घटना : छ जनाकाे मृत्यु, ४० घाइते 

काठमाडौं: काठमाडौंको शंखरापुर नगरपालिका ५ स्थित साँखु–नगरकोट सडखण्डमा स्कुल बस

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी