२०८३, २० श्रावण बिहीबार

लाप्राक पुनः निर्माण छिटो सम्पन्न गर्न प्राधिकरणको आग्रह

लाप्राक पुनः निर्माण छिटो सम्पन्न गर्न प्राधिकरणको आग्रह


काठमाडौँ, १९ भदौ : गोरखाको लाप्राकमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले बनाइरहेको एकीकृत नमूना बस्ती छिटो पुनः निर्माण हुनुपर्नेमा जोड दिइएको छ । लाप्राक बस्ती पुनः निर्माणको पछिल्लो अवस्था तथा त्यहाँ सञ्चालन गर्न सम्भव हुने आयआर्जन कार्यक्रमबारे राष्ट्रिय पुनः निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आज सङ्घका केन्द्रीय पदाधिकारीसँग छलफल गर्नुभयो ।

लाप्राकको एकीकृत बस्ती सम्पन्न हुँदा भूकम्प प्रभावित अन्य क्षेत्रमा पनि सकारात्मक सन्देश जाने भएकाले पुनः निर्माण शीघ्र सम्पन्न गर्न उहाँले आग्रह गर्नुभयो । बाँकी कामको निश्चित समयसीमा निर्माण गरी काम गर्न र त्यहाँ आयआर्जनको पनि योजना बनाउन प्राधिकरणले सुझाव दिएको छ । “प्राधिकरणले पुनः निर्माणका क्रममा एकीकृत नमूना बस्तीलाई प्रोत्साहन गर्ने नीति लिएको छ, लाप्राकको एकीकृत बस्ती पुनः निर्माणको अनुभव अन्य क्षेत्रलाई पनि अनुसरणयोग्य हुनेछ”, प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भन्नुभयो ।

पुनः निर्माणको काम छिटो सक्न प्राधिकरणका तर्फबाट आवश्यक पर्ने सहयोग गरिने पनि उहाँले बताउनुभयो । सो अवसरमा सङ्घका अध्यक्ष भवन भट्टले मौसमी कठिनाइ, सामान ढुवानी गर्न बाटोको समस्या तथा विकटता हुँदाहुँदै पनि लाप्राक पुनः निर्माण शीघ्र सम्पन्न गर्न कटिबद्ध रहेको प्रतिबद्धता व्यक्त गर्दै भौतिक पुनः निर्माण सकिएपछि घरबास (होमस्टे) सहितका पर्यटन प्रवद्र्धन, कृषि तथा पशु विकासका कार्यक्रम लैजाने योजना बनाइएको जानकारी दिनुभयो । छलफलमा प्राधिकरणका कार्यकारी सदस्यद्वय धुव्रप्रसाद शर्मा र डा चन्द्रबहादुर श्रेष्ठ, सङ्घका महासचिव डा बद्री केसी, लाप्राक बस्ती पुनः निर्माण परियोजना निर्देशक सुभाष अधिकारीलगायतको सहभागिता थियो । लाप्राकमा सङ्घले भूकम्प प्रभावितका लागि ५७३ घर निर्माण गरिरहेको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १९ भाद्र मंगलबार  ६ : ३४ बजे

आज कहाँ–कहाँ पर्छ भारी वर्षा? यी प्रदेशमा उच्च सतर्कता अपनाउन मौसम विभागको आग्रह

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेसँगै आज पनि विभिन्न

विदेश अध्ययन गर्नेलाई नबिल बैंकको विशेष उपहार, पुतलीसडकमा खुल्यो ‘एजुकेसन हब’

काठमाडौं । नबिल बैंक ले विदेशमा उच्च शिक्षा अध्ययन गर्न

पूर्वप्रधानमन्त्री शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किने

काठमाडौँ । शेख हसिना ले आगामी डिसेम्बरमा बंगलादेश फर्किने घोषणा

बिपी क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा सञ्चालनको तयारी, चीनको ८४ करोड सहयोग

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल मा अत्याधुनिक बोनम्यारो

ओली ब्याक भएपछि कोशीमा हिक्मत कार्कीलाई निरन्तरता, उपयुक्त समयमा मात्रै नेतृत्व परिवर्तन

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा नदिने अडान