२०८२, ३ कार्तिक आईतबार

एशियाडमा पदक विजेता खेलाडी पाँच लाख सहित सम्मानित

एशियाडमा पदक विजेता खेलाडी पाँच लाख सहित सम्मानित


काठमाडौँ, १८ भदौ : इन्डोनेशियामा सम्पन्न १८ औँ एशियाली खेलकुदमा नेपालाई रजत पदक दिलाउने प्याराग्लाइडिङ खेलाडीलाई आज यहाँ नगदसहित सम्मान गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आज यहाँ आयोजना गरेको कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदसय सचिव केशवकुमार विष्ट, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले प्याराग्लाइडिङ खेलाडीलाई जनही रु पाँच लाख, खेल सङ्घलाई रु पाँच लाख, मुख्य प्रशिक्षकलाई रु तीन लाख र सहायक प्रशिक्षकलाई रु एक लाख ५० हजारसहित सम्मानपत्रद्वारा सम्मान गर्नुभयो ।

इन्डोनेसियामा भएको १८ औँ एसियाडअन्तर्गत प्याराग्लाइडिङ पुरुष टिम क्रस कन्ट्री इभेन्टमा नेपालले २० वर्षपछि रजत पदक जितेको थियो । पुरस्कृत हुनेमा विमल अधिकारी, विजय गौतम, युकेश गुरुङ, सुशील गुरुङ, विशाल थापा तथा मुख्य प्रशिक्षकमा योगेश भट्टराई र सहायक प्रशिक्षक सानुबाबु श्रेष्ठ हुनुहुन्छ । त्यसैगरी रजत पदक दिलाउने नेपाल प्याराग्लाइडिङ तथा ह्याण्ड ग्लाइडिङ संघलाई रु पाँच लाख तथा खेल व्यवस्थापक शैलेश राउतलाई सम्ममानपत्रद्वारा सम्मान गरियो । सोही अवसरमा प्याराग्लाइडिङको महिलातर्फ छैटौँ स्थान हासिल गर्ने महिला खेलाडीलाई समेत मायाको चिनो प्रदान गरियो । सम्मानअघि खेलाडीलाई नगर परिक्रमा गराइएको थियो । इन्डोनेसियाको जकार्ता र पालेम्बाङमा भएको एशियाडमा नेपालबाट २९ खेलमा १८५ खेलाडीले सहभागिता जनाए पनि प्याराग्लाइडिङमा मात्र नेपालले पदक जित्न सफल भएको हो ।

कार्यक्रममा मन्त्री विश्वकर्माले एशियाडमा आशा गरिएका खेलबाट पदक ल्यउन नसेकोप्रति आलोचना गर्दै त्यसको गम्भीर समीक्षा हुनुपर्ने बताउनुभयो । विकासका हिसाबले पछि परेका मुलुकलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने खेल क्षेत्र शसक्त माध्य भएको बताउँदै उहाँले मुलुकको पहिचान अन्तर्राष्ट्रियस्तरमा स्थापिपत गर्न नेपालको खेल क्षेत्रको विकास आवश्यक भएकोमा जोड दिनुभयो ।

प्याराग्लाइटिङ खेलको विकास गर्न पर्यटन मन्त्रालय र खेलकुद मन्त्रालयले योजना बनाइरहेको उहाँको भनाइ थियो । नेपाली खेलाडीले उचित प्रशिक्षण अझै प्राप्त गर्न नसेको बताउँदै उहाँले सरकारको ध्यान अब खेलाडीलाई उचित प्रशिक्षण उपलब्ध गराउनेतिर केन्द्रित हुने बताउनुभयो । राखेप सदस्य–सचिव विष्टले नेपालको भुगोलको तुलनामा एसियाडमा समावेश भएको नेपाली खेलाडी संख्या धेरै भएको स्वीकार गर्दै नेपालमै हुने दक्षिण एसियाली खेलकुदको तयारीका लागि पनि एशियाडमा धेरै खेलाडी सहभागी गराइएको बताउनुभयो । उहाँले आगामी कात्तिक २५ देखि २९ गतेसम्म पोखरामा प्याराग्लाइडिङको वल्ड च्याम्पियनशीप आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले आफू सदस्य–सचिव भएका बेला खेल सङ्घको रुपमा दर्ता गरेको खेलले १८ औँ एशियाडमा नेपालको इज्जत राख्न सफल भएको बताउनुभयो । रजत पदक दिलाउने टोलीका प्रमुख विमल अधिकारी, नेपाल प्याराग्लाइडिङ तथात ह्याण्डग्लाइडिङ संघका अध्यक्ष रुपनारायण श्रेष्ठले खेलका लागि चाहिने आधुनिक ग्लाइडर सरकारले किनिदिए नेपालले विश्वका जुनसुकै खेलाडीलाई जित्न सक्ने दाबी गर्नुभयो ।

प्रकाशित मिति : २०७५, १८ भाद्र सोमबार  ७ : ४९ बजे

आजको मौसम अपडेट : देशभर सफा मौसम

काठमाडौं । देशभर आजको मौसम सामान्य र स्थिर रहने भएको

जनकपुरको सुनचाँदी पसलमा गोली चल्यो प्रहरी र व्यवसायीबीच झडप

जनकपुरधाम। जनकपुरको सोनारपट्टी क्षेत्रमा शुक्रबार साँझ एक सुनचाँदी व्यवसायीको पसलमा

नेपालका क्रिकेटर-राष्ट्रको आत्मा र गौरवका नायक

ओमानको गर्मीमा अपराजित रहँदै टी- २० विश्वकप छनोट जित्नु केवल

एमालेको ११औं महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा

काठमाडौं । नेकपा (एमाले) ले आफ्नो ११औं महाधिवेशन मंसिर २७

ओलीको प्रस्तावमा असहमति: उपाध्यक्ष ज्ञवाली र शाक्य संसद् पुनर्स्थापनाको पक्षमा छैनन्

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी