२०८२, १२ चैत्र शुक्रबार

पत्रपत्रिका वर्गीकरणमा विभेद नगर्न आग्रह

पत्रपत्रिका वर्गीकरणमा विभेद नगर्न आग्रह


काठमाडौँ, १८ भदौ : नेपाल पत्रकार महासङ्घले पत्रपत्रिका वर्गीकरणमा विभेद नगर्न प्रेस काउन्सिल नेपाललाई आग्रह गरेको छ । महासङ्घअन्तर्गतको साना लगानीका मिडिया हक हित संरक्षण समितिले आइतबार काउन्सिलका कावा अध्यक्ष किशोर श्रेष्ठलाई पत्रपत्रिका वर्गीकरणबारे देशैभरीबाट आएका गुनासोको आधारमा ध्यानाकर्षणपत्रसमेत बुझाएको छ ।

महासङ्घले पत्रपत्रिका वर्गीकरणबारे पुनर्विचार गर्न समेत आग्रह गरेको छ । महाङ्घका केन्द्रीय सदस्य तथा समितिका सहसंयोजक गोपाल बराइलीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले काउन्सिलले गरेको वर्गीकरणलाई चित्त नबुझी पुनःमूल्याङ्कनका आएका मागको उचित सम्बोधन गर्नुपर्ने र हाल वितरण गरिँदै आएको लोककल्याणकारी विज्ञापनवापतको रकम दोब्बर बनाइनुपर्नेमा जोड दिएको छ ।

प्रेस काउन्सिल नेपालले हालै गरेको पत्रपत्रिका वर्गीकरणमा साना लगानीका मिडियालाई विभेद गरिएको, वर्गीकरणको तह घटुवा गरिएको, हुबहुमा राखिएको, प्रेस काउन्सिलमा चिनजान र भनसुनकै आधारमा मात्रै पनि त्यस्ता पत्रपत्रिकालाई वर्गीकरणमा उच्च प्राथमिकता दिइएको जस्ता गुनासो आएकाले महासङ्घ, समितिले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १८ भाद्र सोमबार  ७ : १६ बजे

सञ्चारमन्त्रीमा डा. विक्रम तिमल्सिना, सञ्चार क्षेत्रका अनुभवी अनुहार सरकारमा

काठमाडौं । बालेन शाह नेतृत्वको सरकारमा सञ्चार तथा सूचना प्रविधि

बालेन नेतृत्वको सरकारका १५ मन्त्री घोषणा

काठमाडौं । बालेन्द्र साह नेतृत्वको नयाँ सरकारमा १५ जना मन्त्रीहरूको

‘धेरै आशा बोकेर बिदा हुँदैछु’ : प्रधानमन्त्री सुशीला कार्की

काठमाडौं । सुशीला कार्की ले जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की ले आज राष्ट्रका नाममा सम्बोधन

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, संसदीय दलको नेताबारे छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज