२०८३, २९ असार मंगलबार

सञ्चारमन्त्रीमा डा. विक्रम तिमल्सिना, सञ्चार क्षेत्रका अनुभवी अनुहार सरकारमा

सञ्चारमन्त्रीमा डा. विक्रम तिमल्सिना, सञ्चार क्षेत्रका अनुभवी अनुहार सरकारमा


काठमाडौं । बालेन शाह नेतृत्वको सरकारमा सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा डा. विक्रम तिमल्सिना नियुक्त हुने भएका छन्। नुवाकोट–१ बाट निर्वाचित सांसद तिमल्सिना सञ्चार र शिक्षा क्षेत्रमा लामो अनुभव बटुलेका व्यक्तिका रूपमा चिनिन्छन्।

तिमल्सिनाले अष्ट्रेलियाका प्रतिष्ठित Griffith University र University of Queensland बाट उच्च शिक्षा हासिल गरेका छन्। अन्तर्राष्ट्रिय अध्ययन र अनुभवका कारण उनी नीतिगत रूपमा सक्षम र दूरदर्शी व्यक्तित्वका रूपमा स्थापित भएका छन्।

करिब १५ वर्षदेखि सञ्चार क्षेत्रमा सक्रिय तिमल्सिनाले आफ्नो करियरको सुरुवात Radio Sagarmatha बाट गरेका थिए, जहाँ उनी कार्यक्रम उत्पादक तथा प्रस्तोताका रूपमा कार्यरत थिए। त्यसपछि अध्ययनका लागि अष्ट्रेलिया पुगेका उनले ‘नेपाल एक्सप्रेस’ मा कार्यकारी सम्पादकको जिम्मेवारी सम्हालेका थिए भने सिड्नीबाट सञ्चालित ‘South Asia Dot Com Dot AU’ मा सम्पादकीय सल्लाहकारका रूपमा पनि काम गरेका थिए।

सरकारमा सञ्चारमन्त्रीको जिम्मेवारी सम्हाल्दै तिमल्सिनाले प्रेस स्वतन्त्रताको संरक्षण, डिजिटल मिडियाको व्यवस्थित विकास तथा सूचना प्रवाहलाई थप प्रभावकारी बनाउने दिशामा काम गर्ने अपेक्षा गरिएको छ। सञ्चार क्षेत्रको व्यावसायिक सुधार र आधुनिक प्रविधिको उपयोगमार्फत पारदर्शी र विश्वसनीय सूचना प्रणाली निर्माणमा उनको भूमिका महत्वपूर्ण रहने विश्वास गरिएको छ।

प्रकाशित मिति : २०८२, १२ चैत्र शुक्रबार  ११ : ५५ बजे

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै

सरकारको कर्मचारी कटौती नीति विरुद्ध विद्रोह, अर्थ मन्त्रालय घेराउ

काठमाडौं । अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारीविरुद्ध आन्दोलन

प्रतिनिधिसभाबाट दुई विधेयक समितिमा, दफावार छलफल अघि बढ्ने

काठमाडौ । प्रतिनिधिसभाले दुई महत्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित