२०८२, ३ कार्तिक आईतबार

पाराग्लाइडिङ टिमलाई पोखरामा स्वागत गरिने

पाराग्लाइडिङ टिमलाई पोखरामा स्वागत गरिने


पोखरा, १८ भदौ इण्डोनेसियामा हालै सम्पन्न १८ औँं एशियाली खेलकूदमा रजत पदक विजेता पाराग्लाइडिङ टिमलाई भोलि मङ्गलबार गण्डकी प्रदेशको राजधानी पोखरामा भव्य स्वागत गरिने भएको छ ।

सो एशियन खेलकूदमा पोखराबाट पाराग्लाइडिङ खेलमा नेपालको प्रतिनिधित्व गर्दै रजत पदक हासिल गर्न सफल टिमलाई पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समिति र जिल्ला खेलकूद विकास समिति कास्कीले भव्य स्वागतका साथै सम्मान गर्ने भएको हो ।

सो अवसरमा खेलाडीलाई पोखरा विमानस्थलबाट नै बाजागाजा साथै नगर परिक्रमा गराई पोखरा रङ्गशाला पुगेर सम्मान गर्ने कार्यक्रम रहेको क्षेत्रीय खेलकूद विकास समितिका कार्यबाहक अध्यक्ष सम्पन्न श्रेष्ठले जानकारी गराउनुभयो ।

पोखरामा हुने नगर परिक्रममा विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, खेलाडी, पर्यटन व्यवसायी, उद्योगी, खेलकूद सङ्घका पदाधिकारी, कर्मचारी, जनप्रतिनिधि, सञ्चारकर्मी र खेलप्रेमी पोखरेलीको सहभागिता रहने बताइएको छ । सो कार्यक्रममा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, राखेपका सदस्यसचिव केशवकुमार विष्टकोसमेत सहभागिता रहने बताइएको

प्रकाशित मिति : २०७५, १८ भाद्र सोमबार  २ : ३८ बजे

आजको मौसम अपडेट : देशभर सफा मौसम

काठमाडौं । देशभर आजको मौसम सामान्य र स्थिर रहने भएको

जनकपुरको सुनचाँदी पसलमा गोली चल्यो प्रहरी र व्यवसायीबीच झडप

जनकपुरधाम। जनकपुरको सोनारपट्टी क्षेत्रमा शुक्रबार साँझ एक सुनचाँदी व्यवसायीको पसलमा

नेपालका क्रिकेटर-राष्ट्रको आत्मा र गौरवका नायक

ओमानको गर्मीमा अपराजित रहँदै टी- २० विश्वकप छनोट जित्नु केवल

एमालेको ११औं महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा

काठमाडौं । नेकपा (एमाले) ले आफ्नो ११औं महाधिवेशन मंसिर २७

ओलीको प्रस्तावमा असहमति: उपाध्यक्ष ज्ञवाली र शाक्य संसद् पुनर्स्थापनाको पक्षमा छैनन्

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी