२०८२, २० चैत्र शनिबार

पाराग्लाइडिङ टिमलाई पोखरामा स्वागत गरिने

पाराग्लाइडिङ टिमलाई पोखरामा स्वागत गरिने


पोखरा, १८ भदौ इण्डोनेसियामा हालै सम्पन्न १८ औँं एशियाली खेलकूदमा रजत पदक विजेता पाराग्लाइडिङ टिमलाई भोलि मङ्गलबार गण्डकी प्रदेशको राजधानी पोखरामा भव्य स्वागत गरिने भएको छ ।

सो एशियन खेलकूदमा पोखराबाट पाराग्लाइडिङ खेलमा नेपालको प्रतिनिधित्व गर्दै रजत पदक हासिल गर्न सफल टिमलाई पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समिति र जिल्ला खेलकूद विकास समिति कास्कीले भव्य स्वागतका साथै सम्मान गर्ने भएको हो ।

सो अवसरमा खेलाडीलाई पोखरा विमानस्थलबाट नै बाजागाजा साथै नगर परिक्रमा गराई पोखरा रङ्गशाला पुगेर सम्मान गर्ने कार्यक्रम रहेको क्षेत्रीय खेलकूद विकास समितिका कार्यबाहक अध्यक्ष सम्पन्न श्रेष्ठले जानकारी गराउनुभयो ।

पोखरामा हुने नगर परिक्रममा विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, खेलाडी, पर्यटन व्यवसायी, उद्योगी, खेलकूद सङ्घका पदाधिकारी, कर्मचारी, जनप्रतिनिधि, सञ्चारकर्मी र खेलप्रेमी पोखरेलीको सहभागिता रहने बताइएको छ । सो कार्यक्रममा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, राखेपका सदस्यसचिव केशवकुमार विष्टकोसमेत सहभागिता रहने बताइएको

प्रकाशित मिति : २०७५, १८ भाद्र सोमबार  २ : ३८ बजे

कलाकार सागर लम्साल (बले) पक्राउ

काठमाडौं । चर्चित कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन्।

काठमाडौंमा प्रहरीको रातभर सर्च अप्रेशन: १९५ जना पक्राउ

काठमाडौं । काठमाडौंको विभिन्न क्षेत्रमा प्रहरीको ठूलो सर्च अप्रेशन चलाइएको

एमालेको निष्कर्ष: बादलको अभिव्यक्ति त्रुटिपूर्ण

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका

काठमाडौं। अमेरिकी गुप्तचर निकायले इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली अझै कायम

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।