२०८२, १ माघ बिहीबार

कृष्ण जन्माष्टमीको बिदा दिने चार सरकारी कार्यालयमा तालाबन्दी

कृष्ण जन्माष्टमीको बिदा दिने चार सरकारी कार्यालयमा तालाबन्दी


लहान, १७ भदौ : प्रदेश नं २ सरकारले कृष्ण जन्माष्टमीको अवसरमा दिएको बिदा अवज्ञा गरेको भन्दै सङ्घीय समाजवादी फोरम निकट विद्यार्थी सङ्गठनले आज सिरहाको लहानस्थित चारवटा सरकारी कार्यालयमा तालाबन्दी गरेको छ ।

प्रदेश नं २ को सरकारले दिएको बिदामा पनि कार्यालय सञ्चालन गरेको भन्दै सङ्घीय विद्यार्थी फोरमका प्रदेश २ का संयोजक दीपेश यादवको नेतृत्वमा गएको टोलीले लहानस्थित नेपाल बैंक लिमिटेड, आन्तरिक राजश्व कार्यालय, यातायात व्यवस्था कार्यालय र विद्युत् प्राधिकरण कार्यालयमा ताला लगाएको हो ।

प्रदेश सरकारले दिने सार्वजनिक बिदाका दिन पनि सरकारी कार्यालय अवज्ञा गरी कार्यालय सञ्चालन गर्दै आएकाले ती कार्यालयमा तालाबन्दी गरिएको संयोजक यादवले बताउनुभयो । प्रदेश २ को सरकारले कृष्ण जन्माष्टमीका अवसरमा आज सार्वजनिक बिदा दिएको थियो ।

प्रकाशित मिति : २०७५, १७ भाद्र आईतबार  ९ : १७ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा