२०८२, १२ चैत्र शुक्रबार

कृष्ण जन्माष्टमीको बिदा दिने चार सरकारी कार्यालयमा तालाबन्दी

कृष्ण जन्माष्टमीको बिदा दिने चार सरकारी कार्यालयमा तालाबन्दी


लहान, १७ भदौ : प्रदेश नं २ सरकारले कृष्ण जन्माष्टमीको अवसरमा दिएको बिदा अवज्ञा गरेको भन्दै सङ्घीय समाजवादी फोरम निकट विद्यार्थी सङ्गठनले आज सिरहाको लहानस्थित चारवटा सरकारी कार्यालयमा तालाबन्दी गरेको छ ।

प्रदेश नं २ को सरकारले दिएको बिदामा पनि कार्यालय सञ्चालन गरेको भन्दै सङ्घीय विद्यार्थी फोरमका प्रदेश २ का संयोजक दीपेश यादवको नेतृत्वमा गएको टोलीले लहानस्थित नेपाल बैंक लिमिटेड, आन्तरिक राजश्व कार्यालय, यातायात व्यवस्था कार्यालय र विद्युत् प्राधिकरण कार्यालयमा ताला लगाएको हो ।

प्रदेश सरकारले दिने सार्वजनिक बिदाका दिन पनि सरकारी कार्यालय अवज्ञा गरी कार्यालय सञ्चालन गर्दै आएकाले ती कार्यालयमा तालाबन्दी गरिएको संयोजक यादवले बताउनुभयो । प्रदेश २ को सरकारले कृष्ण जन्माष्टमीका अवसरमा आज सार्वजनिक बिदा दिएको थियो ।

प्रकाशित मिति : २०७५, १७ भाद्र आईतबार  ९ : १७ बजे

सञ्चारमन्त्रीमा डा. विक्रम तिमल्सिना, सञ्चार क्षेत्रका अनुभवी अनुहार सरकारमा

काठमाडौं । बालेन शाह नेतृत्वको सरकारमा सञ्चार तथा सूचना प्रविधि

बालेन नेतृत्वको सरकारका १५ मन्त्री घोषणा

काठमाडौं । बालेन्द्र साह नेतृत्वको नयाँ सरकारमा १५ जना मन्त्रीहरूको

‘धेरै आशा बोकेर बिदा हुँदैछु’ : प्रधानमन्त्री सुशीला कार्की

काठमाडौं । सुशीला कार्की ले जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की ले आज राष्ट्रका नाममा सम्बोधन

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, संसदीय दलको नेताबारे छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज