२०८२, १२ चैत्र शुक्रबार

बनेपामा मात्रै पुजिए ८ हजार कन्या

बनेपामा मात्रै पुजिए ८ हजार कन्या


काभ्रेको ऐतिहासिक धार्मिक स्थल बनेपामा कृष्णजमष्टमीको दिन आज ८ हजार कन्याको पूजा गरिएको छ । वि.स १९५९ बाट सुरु भएको मानिने कन्यापूजालाई यो वर्षपनि निरन्तरता दिइएको सनातन कन्यापूजा प्रवन्ध समितिका सचिव सुरकृष्ण बैद्यले जानकारी दिए । उनका अनुसार बनेपामा मात्रै ८ हजार कन्याको पूजा गरिएको छ । ‘यो सस्कृति जोगाउने मात्रै होइन्, उनले भने ‘आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ ।’

कृष्णजन्म अष्टमीका दिन नेवारी समुदायका बेलसँग विवाह नगरेका र अन्य समुदायका रजस्वला नभएका कन्याको पूजा गरिने प्रचलन रहेको छ । सुरुका समयमा बनेपाको लायकु, चण्डेश्वरी, चारदोबाटो, तीनदोबाटो लगायतका स्थानहरुमा भेला भएका नेवारी कन्याहरुको मात्रै श्रद्धाभक्ति पूर्वक पूजाआजा गरिन्थ्यो । तर केहि वर्ष यता काभ्रेका मात्रै होइन सिन्धुपाल्चोक, भक्तपुर, दोलखा लगायत छिमेकी जिल्लाका अन्य समुदायका समेत कन्याको पूजा गरिदै आएको छ ।

बनेपा बाहेक पनौती, नाला, चौकोट, खड्पु, जनालगाल, साँगा लगायतका स्थानमा समेत हजारौँ कन्याको पूजा गरिएको सनातन कन्यापूजा प्रवन्ध समितिका सचिव सुरकृष्ण बैद्यले जानकारी बताए । पूजापछि कन्याहरुलाई घरमै बनाइएको नेवारी परिकार स्वारी, मालपुवा, जेरी, सेल प्रसादका रुपमा दिने परम्परा रहेको छ । महिला समुदायको सम्मानसँग समेत जोडेर हेरिएको कन्या पूजालाई जोगाउन र ब्यवस्थित बनाउन आवश्यक रहेको जानकारहरु बताउँछन् ।

प्रकाशित मिति : २०७५, १७ भाद्र आईतबार  ६ : ३६ बजे

सञ्चारमन्त्रीमा डा. विक्रम तिमल्सिना, सञ्चार क्षेत्रका अनुभवी अनुहार सरकारमा

काठमाडौं । बालेन शाह नेतृत्वको सरकारमा सञ्चार तथा सूचना प्रविधि

बालेन नेतृत्वको सरकारका १५ मन्त्री घोषणा

काठमाडौं । बालेन्द्र साह नेतृत्वको नयाँ सरकारमा १५ जना मन्त्रीहरूको

‘धेरै आशा बोकेर बिदा हुँदैछु’ : प्रधानमन्त्री सुशीला कार्की

काठमाडौं । सुशीला कार्की ले जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की ले आज राष्ट्रका नाममा सम्बोधन

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, संसदीय दलको नेताबारे छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज