२०८२, १२ चैत्र शुक्रबार

१२ घण्टापछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

१२ घण्टापछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल


काठमाडौँ, १७ भदौ: यती एयरलाइन्सको विमान दुर्घटनाका कारण अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केहीसमय अघिदेखि सञ्चालनमा आएको छ । झण्डै १२ घण्टादेखि अवरुद्ध विमानस्थल खुलेसँगै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सामान्य अवस्थामा सञ्चालन भएको विमानस्थलले जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार धस्सिएको विमानलाई लामो समयको प्रयासपछि अहिले यतीकै पार्किङस्थलमा लगिएको छ । करीब २० मिनेट अघिदेखि सेवा शुरु गरिएको हो ।

नेपालगञ्जबाट २१ यात्रु बोकेर काठमाडौँ आइपुगेको यतीको कलसाइन नाइन एन एएचडब्लु भएको जेट स्ट्रिम विमान गए राति अवतरणको क्रममा धावनमार्गमा चिप्लिएको थियो । शनिबार राति ८ः३० बजे भएको उक्त घटनापछि विमानस्थल अवरुद्ध थियो । दुर्घटनामा कुनै मानवीय क्षति भएन ।

घाँसे मैदानमा धस्सिएको विमानलाई प्राधिकरण, विमानस्थलको फायर फाइटिङका कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायतको संयुक्त टोलीले लगातारको प्रयासपछि धावनमार्गमा लगेको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, १७ भाद्र आईतबार  ९ : ४० बजे

सञ्चारमन्त्रीमा डा. विक्रम तिमल्सिना, सञ्चार क्षेत्रका अनुभवी अनुहार सरकारमा

काठमाडौं । बालेन शाह नेतृत्वको सरकारमा सञ्चार तथा सूचना प्रविधि

बालेन नेतृत्वको सरकारका १५ मन्त्री घोषणा

काठमाडौं । बालेन्द्र साह नेतृत्वको नयाँ सरकारमा १५ जना मन्त्रीहरूको

‘धेरै आशा बोकेर बिदा हुँदैछु’ : प्रधानमन्त्री सुशीला कार्की

काठमाडौं । सुशीला कार्की ले जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की ले आज राष्ट्रका नाममा सम्बोधन

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, संसदीय दलको नेताबारे छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज