२०८२, २९ पुस मंगलबार

भगवान श्रीकृष्णको जन्म कसरी  भएको थियो ?

भगवान श्रीकृष्णको जन्म कसरी  भएको थियो ?


द्वापर युगमा जव पृथ्वीमा मानवरुपी राक्षसको अत्याचार बढ्न थाल्यो तव पृथ्वी दुखी भएर भगवान विष्णुको शरणमा पुगिन् । भगवान विष्णुले पृथ्वीको दुःख देखेर तत्काल आफूले कृष्ण अवतार लिने र दुष्टहरुको नाश गर्ने बचन दिनु भयो ।

द्वापर युगको अन्त्यमा हाल भारतमा पर्ने मथुरा भन्ने राज्यमा उग्रसेन नामका राजा राज्य गर्थे । उग्रसेनका पुत्र थिए कंस । कंसले आफ्ना पितालाई बन्दी बनाएर राज्यसत्ताको बागडोर आफ्नो हातमा लिएका थिए । कंसकी बहिनी देवकीको विवाह यादव कुलका बासुदेवसँग हुने तय भएको थियो । तर जव कंस देवकीलाई विदा गर्न जाँदै थियो त्यति नै बेला आकाशवाणी भयो ।

आकाशवाणीमा देवकीको आठौं सन्तानले कंसको बध गर्ने भन्ने सुनेपछी कंस जंगियो । मन मनै डराएको कंसले देवकी र बासुदेवलाई पनि जेल हाल्यो । देवकीले जन्माएका सबै सन्तान कंसले मार्न थाल्यो । देवकीले आठौं सन्तानकोरुपमा भगवान श्री कृष्णलाई जन्म दिइन् । तर भगवानको मायावी जादुले यसको जानकारी कसैलाई पनि भएन । बासुदेवले कृष्णलाई गोकुलका नन्दवावा र यसोधाको काखमा छोडेर उनकी छोरी आफ्नो साथमा लिएर कारागारमा फर्किए ।

कंसले जव देवकीको सन्तान ठानेर ती कन्याको हत्या गर्न खोज्यो त्यति नै बेला ती कन्या उडेर आकाशमा गइन् र कंसलाई मार्ने बालक गोकुलमा हुर्किरहेको चेतावनी दिइन् । कृष्णले बाल्यकाल देखि नै एक पछि अर्को गर्दै कंसका सहयोग राक्षसहरुको बध गर्दै गए । अन्त्यमा कंसको समेत बध गरेर उग्रसेनलाई सिंसानमा राखे । भगवान कृष्णले महाभारतको युद्धमा पाण्डवको साथ दिए र अधर्मको नाश गरी युथिष्ठिरलाई सिंहासनमा बसाए ।

यसरी संसारको दुःख हरण गरेपछि कृष्ण लिला समाप्त भयो । भगवान श्री कृष्णले १६ हजार गोपिनीसँग १६ हजाररुप धारण गरेर गरेको लिला अदभुत मानिन्छ । श्रीकृष्णलाई महापुरुष र अरुको मनको कुरा थाहा पाउने पुरुष अन्तरयामी समेत भनिन्थ्यो ।

 

प्रकाशित मिति : २०७५, १७ भाद्र आईतबार  ७ : २३ बजे

नेपाल राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्ने

काठमाडौँ। नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको एक वर्षे

देउवालाई किनारामा राखेर महाधिवेशन, एमाले त्यस्तो संस्कारको पार्टी होइन : सूर्य थापा

काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले नेपाली कांग्रेसभित्र

वाचा धेरै, उपलब्धि कम, बालेन साहको तीन वर्षे कार्यकाल असफल : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले काठमाडौं महानगरपालिकाका

यी हुन् एमाले, कांग्रेस र नेकपाको बन्दसूचीबाट नाम फिर्ता लिने उम्मेदवार

काठमाडौं । प्रमुख राजनीतिक दलका समानुपातिकतर्फका बन्दसूची उम्मेदवारमध्ये सबैभन्दा बढी

ललितपुरमा बोरा भित्र शव : औंठी लुट्न ८३ वर्षीय वृद्धको निर्मम हत्या

काठमाडौं । ललितपुरमा तीन तोलाको सुनको औंठी लुट्ने उद्देश्यले ८३