२०८२, १२ चैत्र शुक्रबार

सात दिनमा ६ बलात्कार, अधिकांश आफन्तबाटै !

सात दिनमा ६ बलात्कार, अधिकांश आफन्तबाटै !


काठमाडौँ, १७ भाद्र : एक साताभित्रै प्रदेश ५ मा आधा दर्जन बलात्कारका घटना सार्वजनिक भएका छन् । तीमध्ये तीन जना बालिका छन् ।मंगलबार बाँकेको कोहलपुरमा पाँच वर्षीया बालिकामाथि काकाले बलात्कार गरेको मुद्दा प्रहरीकहाँ पुगेको खबर नसेलाउँदै शुक्रबार १३ वर्षीया बालिका आफ्नै हजुरबुवाबाट बलात्कृत भएकी छन् ।

कोहलपुर नगरपालिका–३ निवासी ७० बर्से वृद्धले नातिनीलाई तीन वर्षदेखि यौन शोषण गर्दै आइरहेको रहस्य खुलेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका सूचना अधिकारी मानबहादुर बिसीका अनुसार पीडित बालिकाले शुक्रबार प्रहरीमा हजुरबुवाविरुद्व उजुरी दिएकी छन् ।आरोपी वृद्धलाई शुक्रबारै पक्राउ गरी प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ । शुक्रबारै पीडित बालिकाको स्वास्थ्य परीक्षण गराइएको प्रहरीले जनाएको छ । आरोपीलाई पक्राउ गरिए पनि शनिबार बिदा भएकाले आइतबार मात्रै जाहेरी दर्ता गरिने कोहलपुर प्रहरीले जनाएको छ ।

त्यस्तै मंगलबार कोहलपुर नगरपालिका–३ मैटहवामा पाँच वर्षीया बालिका बलात्कृत भएकी थिइन् । नाताले काका पर्ने भारत उत्तरप्रदेश डिन्नी रहेली घर भई कोहलपुर–४ बस्ने १५ बर्से किशोर हरूण खाँले घर पु¥याइदिने भन्दै आफ्नो कोठामा लगेर जबर्जस्ती करणी गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार पनि रूपन्देहीमा ६ वर्षीया बालिका बलात्कारको सिकार भइन् । कञ्चन गाउँपालिकाकी उनलाई २० बर्से विकल भन्ने खेमबहादुर पुनले बलात्कार गरेका थिए । मावली घर आएकी उनलाई राति चकलेट दिन्छु भन्दै उनले बलात्कार गरेका हुन् ।
– अन्नपुर्ण पोष्ट

प्रकाशित मिति : २०७५, १७ भाद्र आईतबार  ७ : १३ बजे

सञ्चारमन्त्रीमा डा. विक्रम तिमल्सिना, सञ्चार क्षेत्रका अनुभवी अनुहार सरकारमा

काठमाडौं । बालेन शाह नेतृत्वको सरकारमा सञ्चार तथा सूचना प्रविधि

बालेन नेतृत्वको सरकारका १५ मन्त्री घोषणा

काठमाडौं । बालेन्द्र साह नेतृत्वको नयाँ सरकारमा १५ जना मन्त्रीहरूको

‘धेरै आशा बोकेर बिदा हुँदैछु’ : प्रधानमन्त्री सुशीला कार्की

काठमाडौं । सुशीला कार्की ले जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की ले आज राष्ट्रका नाममा सम्बोधन

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, संसदीय दलको नेताबारे छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज