२०८२, २० चैत्र शनिबार

गोरुले पनि गाईले जस्तै दूध दिनथालेपछि………(फोटो फिचर)

गोरुले पनि गाईले जस्तै दूध दिनथालेपछि………(फोटो फिचर)


सिन्धुपाल्चोक/ झट्ट सुन्दा अचम्म लाग्न सक्छ । के गोरुले पनि दूध दिन्छ ? एक ताका गायिका तारा थापा र रामथापाले त लोक गीत नै बनाए ‘गोरु भ्याउँदैन भनेर ।’ तर अचम्म मान्नु पर्ने कुरै रहने । सिन्धुपाल्चोकमा एक गोरुले गाईले जस्तै दूध दिएर सबैलाई चकित बनाइदिएको छ ।

जिल्लाको हेलम्बु गाउँपालिका वडा नम्बर ६ इचोक, पुरानागाउँका सोनाम तामाङले पालेको गोरुले दूध दिन थालेपछि अहिले उनको गोठमा हेर्न जानेको दिनहुँ घुईचो लाग्न थालेको छ । तामाङका अनुसार गएको जेठ महिनाबाट गारुले दूध दिन लागेको हो । गोरुले लैनु गाई र भैसीले झै बिहान, बेलुका नै दुध दिने गरेको छ । ‘बिहान, बेलुका गरी एक मानाभन्दा बढी दूध दिन्छ, गोरु धनी तामाङले भने ‘चारमध्ये २ वटा थुनबाट दूध आइरहेको छ ।’

सोनामले उक्त गोरु आफ्नै भाई फते तामाङबाट झण्डै एकवर्ष अघि किनेर लगेका थिए । गाउँपालिकाको पशु शाखा प्रमूख टोप बहादुर बरुवालले गोरुले दूध दिएको खबर सुनेपछि गाउँपालिकाका प्रमूखको नेतृत्वमा सोनामकै गोठमा एक टोली पुगेर जानकारी लिएको बताए । ‘बिहान, बेलुका गरी एक मानाको हाराहारीमा उक्त गोरुले दूध दिने गरेको स्वीकार गर्दै उनले भने ‘हामीलाई पनि निकै अनौठो लाग्यो, यसको अनुन्धानका लागि केन्द्रिय अनुन्धान टोली नै आउने जानकारी पाएका छौँ ।’

ब्याउँदै नब्याइ गोरुले दूध दिएपछि सबै चकित बनेका छन् । सोनामको गोठमा पुग्नेहरुले भगवानको प्रसादको रुपमा दूध खाने गरेका छन् ।

प्रकाशित मिति : २०७५, १६ भाद्र शनिबार  ९ : १६ बजे

कलाकार सागर लम्साल (बले) पक्राउ

काठमाडौं । चर्चित कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन्।

काठमाडौंमा प्रहरीको रातभर सर्च अप्रेशन: १९५ जना पक्राउ

काठमाडौं । काठमाडौंको विभिन्न क्षेत्रमा प्रहरीको ठूलो सर्च अप्रेशन चलाइएको

एमालेको निष्कर्ष: बादलको अभिव्यक्ति त्रुटिपूर्ण

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका

काठमाडौं। अमेरिकी गुप्तचर निकायले इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली अझै कायम

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।