२०८३, २९ असार मंगलबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २२ घन्टा सन्चालनमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २२ घन्टा सन्चालनमा


काठमाडौं, भदौ १६ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शनिबारदेखि दैनिक २२ घन्टा सन्चालनमा आएको छ ।विमानस्थलको आन्तरिक टर्मिनल शनिबारदेखि बिहान ५ बजे नै खुला गरेसँगै दैनिक २२ घन्टा सन्चालनमा आएको हो ।सरकारले गत जेठ ७ गतेदेखि अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घन्टा सन्चालनमा ल्याएको थियो ।

विमानस्थलको आन्तरिक टर्मिनल सन्चालन व्यवस्थापनका लागि बिहान ५ बजेदेखि सुरु गरिएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।यसअघि, बिहान ६ बजे खुलेर ६.४५ देखि ७ बजेपछिमात्र आन्तरिक उडान हुने गरेको थियो । अब भने बिहान ठीक ६ बजे विमान उडिसक्ने महाप्रबन्धक क्षेत्रीको भनाइ छ ।

नजिकिएको चाडपर्व, पर्यटकीय मौसम तथा विमानस्थलको चापलाईसमेत मध्यनजर गरी विमानस्थलले विमान ५ बजे नै सेवा सुरु गरेको हो ।सबैरै विमानस्थल खुलेपछि अन्तर्राष्ट्रिय उडान पनि केही समयअघि ल्याउने गरी विमानस्थले व्यवस्थापन गर्न लागेको महाप्रबन्धक क्षेत्रीले बताए ।उनकाअनुसार अन्तर्राष्ट्रिय विमानमध्ये बिहान पहिलो अवतरण (६ः४५ बजे) गर्ने टर्किस एअरवेजको अवतरणको समय २० मिनेटअगावै हुने भएको छ ।

शनिबारदेखि विमानस्थलको टावर बिहान ५ः४० बजे नै खुल्नेछ । यसअघि, ६ बजे खुल्ने गरेको थियो ।यसअघि, विमनस्थल जाडोयाममा बिहान ६ः३० र गर्मीयाममा बिहान ६ बजे खुल्ने गरेको थियो ।विमानस्थलले थपेको समय राति १२ः३० देखि ३ बजेको समयमा नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सले उडान भर्ने गरेका छन् । अन्य अन्तर्राष्ट्रिय एअरलाइन्ससँग पनि छलफल भइरहेको बताइएको छ ।

यसैबीच, कतार एअरले शनिबारदेखि एक उडान थपेको छ । दोहा–काठमाडौंमा दैनिक पाँचओटा उडान भर्दै आएको कम्पनीले आगामी २७ अक्टोबरसम्म बिहान १ बजे आउने र २ बजे फर्कने विमानस्थलले जनाएको छ ।हाल अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ हेलिकोप्टरसहित २० र अन्तर्राष्ट्रियमा ३० ओटा वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।

प्रकाशित मिति : २०७५, १६ भाद्र शनिबार  ७ : ४३ बजे

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै

सरकारको कर्मचारी कटौती नीति विरुद्ध विद्रोह, अर्थ मन्त्रालय घेराउ

काठमाडौं । अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारीविरुद्ध आन्दोलन

प्रतिनिधिसभाबाट दुई विधेयक समितिमा, दफावार छलफल अघि बढ्ने

काठमाडौ । प्रतिनिधिसभाले दुई महत्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित