२०८३, ३० असार बुधबार

राष्ट्रिय पूँजी निर्माणमा सहकारीको योगदान दान अनुदानले मुलुक बन्दैन :मन्त्री बाँस्कोटा

राष्ट्रिय पूँजी निर्माणमा सहकारीको योगदान दान अनुदानले मुलुक बन्दैन :मन्त्री बाँस्कोटा


बनेपा, भदौ १६ सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले देश निर्माण गर्न समाजका सबै वर्ग सक्रिय हुनुपर्ने बताउनुभएको छ । पिपुल्स बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औँ साधारणसभाको शनिबार बनेपामा उद्घाटन गर्दै उहाँले भन्नुभयो, “देश निर्माण गर्ने सरकारको सङ्कल्पलाई पूरा गर्न समाजका सबै वर्ग सक्रिय रुपमा लाग्नुपर्दछ ।”

मन्त्री बाँस्कोटाले राष्ट्रले लिएको समृद्ध नेपाल, सुखी नेपालीको सङ्कल्प पूरा गर्न सहकारी क्षेत्र एउटा महत्वपूर्ण खम्बा भएको उल्लेख गर्दै “पूँजी निर्माण नगरेसम्म दान, अनुदान वा ऋणले मुलुक बन्दैन, त्यसैले सहकारीेले पूँजी निर्माण गर्नेतर्फ अग्रसर हुनुपर्दछ भन्नुभयो ।”“देश निर्माण गर्न प्रभावकारी योजना तथा पूँजी र प्रविधिको आवश्यकता पर्छ”, उहाँले भन्नुभयो, “राष्ट्रिय पूँजी निर्माणमा सहकारी क्षेत्रले महत्वपूर्ण योगदान दिन सक्छ ।”

मन्त्री बाँस्कोटाले पशुपतिको भेटी व्यवस्थापन गर्न नसक्दा अर्कासित हात थापेर धर्माशाला बनाउनुपरेको अवस्था रहेको उल्लेख गर्दै प्रत्येक नेपाली सुखी नभए मुलुक समृद्ध हुन नसक्ने र यसका लागि राष्ट्रिय पूँजी परिचालन आवश्यक रहेकोमा जोड दिनुभयो ।

सहकारीले चर्को व्याजदर लिएको भए त्यसलाई सच्याउन आग्रह गर्दै उहाँले उत्पादनमूलक क्षेत्रमा पूँजी परिचालन गरी समृद्ध मुलुक निर्माणमा सहयोग गर्न सहकारीकर्मीलाई आग्रह गर्नुभयो । मन्त्री बाँस्कोटाले समाजिक न्याय र समतामूलक समाज निर्माणका लागि आर्थिक रुपान्तरणले मात्रै हुँदैन् भन्दै यसका लागि समाजिक र सांस्कृतिक रुपान्तरण पनि जरुरी भएकाले यसतर्फ सहकारी क्षेत्रले प्रभावकारी भूमिका खेल्न सक्नुपर्दछ भन्नुभयो ।

पिपुल्स बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नवराज केसीले संस्थामा आवद्ध सम्पूर्ण शेयर सदस्यका लागि समृद्धि अभियान सञ्चालन गर्ने बताउँदै संस्थालाई भविष्यमा सूचना प्रविधिमैत्री बनाउँदै लैजानले धारणा व्यक्त गर्नुभयो ।

एक करोड ८६ लाख तीन हजार ७०० शेयर पूँजी रहेको सो संस्थाको कूल निक्षेप रु १४ करोड ७२ लाख १२ हजार ९७१ छ । उक्त संस्थामा बाल बचत, संस्थागत र शेयर सदस्य गरी चार हजार ५०० सदस्य रहेका छन् । । रासस

प्रकाशित मिति : २०७५, १६ भाद्र शनिबार  ५ : ५४ बजे

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै

सरकारको कर्मचारी कटौती नीति विरुद्ध विद्रोह, अर्थ मन्त्रालय घेराउ

काठमाडौं । अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारीविरुद्ध आन्दोलन

प्रतिनिधिसभाबाट दुई विधेयक समितिमा, दफावार छलफल अघि बढ्ने

काठमाडौ । प्रतिनिधिसभाले दुई महत्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित