२०८२, ११ मंसिर बिहीबार

राष्ट्रिय पूँजी निर्माणमा सहकारीको योगदान दान अनुदानले मुलुक बन्दैन :मन्त्री बाँस्कोटा

राष्ट्रिय पूँजी निर्माणमा सहकारीको योगदान दान अनुदानले मुलुक बन्दैन :मन्त्री बाँस्कोटा


बनेपा, भदौ १६ सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले देश निर्माण गर्न समाजका सबै वर्ग सक्रिय हुनुपर्ने बताउनुभएको छ । पिपुल्स बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औँ साधारणसभाको शनिबार बनेपामा उद्घाटन गर्दै उहाँले भन्नुभयो, “देश निर्माण गर्ने सरकारको सङ्कल्पलाई पूरा गर्न समाजका सबै वर्ग सक्रिय रुपमा लाग्नुपर्दछ ।”

मन्त्री बाँस्कोटाले राष्ट्रले लिएको समृद्ध नेपाल, सुखी नेपालीको सङ्कल्प पूरा गर्न सहकारी क्षेत्र एउटा महत्वपूर्ण खम्बा भएको उल्लेख गर्दै “पूँजी निर्माण नगरेसम्म दान, अनुदान वा ऋणले मुलुक बन्दैन, त्यसैले सहकारीेले पूँजी निर्माण गर्नेतर्फ अग्रसर हुनुपर्दछ भन्नुभयो ।”“देश निर्माण गर्न प्रभावकारी योजना तथा पूँजी र प्रविधिको आवश्यकता पर्छ”, उहाँले भन्नुभयो, “राष्ट्रिय पूँजी निर्माणमा सहकारी क्षेत्रले महत्वपूर्ण योगदान दिन सक्छ ।”

मन्त्री बाँस्कोटाले पशुपतिको भेटी व्यवस्थापन गर्न नसक्दा अर्कासित हात थापेर धर्माशाला बनाउनुपरेको अवस्था रहेको उल्लेख गर्दै प्रत्येक नेपाली सुखी नभए मुलुक समृद्ध हुन नसक्ने र यसका लागि राष्ट्रिय पूँजी परिचालन आवश्यक रहेकोमा जोड दिनुभयो ।

सहकारीले चर्को व्याजदर लिएको भए त्यसलाई सच्याउन आग्रह गर्दै उहाँले उत्पादनमूलक क्षेत्रमा पूँजी परिचालन गरी समृद्ध मुलुक निर्माणमा सहयोग गर्न सहकारीकर्मीलाई आग्रह गर्नुभयो । मन्त्री बाँस्कोटाले समाजिक न्याय र समतामूलक समाज निर्माणका लागि आर्थिक रुपान्तरणले मात्रै हुँदैन् भन्दै यसका लागि समाजिक र सांस्कृतिक रुपान्तरण पनि जरुरी भएकाले यसतर्फ सहकारी क्षेत्रले प्रभावकारी भूमिका खेल्न सक्नुपर्दछ भन्नुभयो ।

पिपुल्स बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नवराज केसीले संस्थामा आवद्ध सम्पूर्ण शेयर सदस्यका लागि समृद्धि अभियान सञ्चालन गर्ने बताउँदै संस्थालाई भविष्यमा सूचना प्रविधिमैत्री बनाउँदै लैजानले धारणा व्यक्त गर्नुभयो ।

एक करोड ८६ लाख तीन हजार ७०० शेयर पूँजी रहेको सो संस्थाको कूल निक्षेप रु १४ करोड ७२ लाख १२ हजार ९७१ छ । उक्त संस्थामा बाल बचत, संस्थागत र शेयर सदस्य गरी चार हजार ५०० सदस्य रहेका छन् । । रासस

प्रकाशित मिति : २०७५, १६ भाद्र शनिबार  ५ : ५४ बजे

मधेशका मुख्यमन्त्रीबारे आज सर्वोच्चले फैसला दिने

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवविरुद्ध सर्वोच्च अदालतमा दायर

नेपाली कांग्रेसमा महाधिवेशनको मांग र आन्तरिक संघर्षले पार्टी विभाजनको खतरा

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक असहमतिले पार्टीको स्थिरता र आगामी

जसपाका बागमती अध्यक्षगोले एमालेमा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टीका बागमतीप्रदेश अध्यक्ष जयप्रसाद गोले नेकपा

एमालेको महाधिवेशन उद्घाटन भक्तपुरमा, बन्दसत्र काठमाडौंमा हुने

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनको उद्घाटन समारोह भक्तपुरको सल्लाघारीमा

सिंहदरबार-प्रधानमन्त्री कार्यालयमा सुरक्षा कडाइ

काठमाडौं । जेन–जीको नाममा उच्छृंखल गतिविधि बढेपछि सिंहदरबार र प्रधानमन्त्री