२०८२, १२ चैत्र शुक्रबार

प्रतिष्ठानद्वारा ६० स्रष्टालाई परिचयपत्र वितरण

प्रतिष्ठानद्वारा ६० स्रष्टालाई परिचयपत्र वितरण


काठमाडौ, १४ भदौ : नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा– प्रतिष्ठानले प्रतिष्ठित श्रेणीका ६० स्रष्टा कलाकारलाई परिचयपत्र वितरण गरेको छ । प्रतिष्ठानले यहाँ आज आयोजना गरेको समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले नेपालको सङ्गीत तथा नाट्य विधामा अथक साधनामार्फत समाज र राष्ट्रमा पु¥याएको अतुलनीय योगदानको कदर गर्दै सम्बन्धित विधासँग सम्बन्धित अग्रज स्रष्टा कलाकारलाई परिचयपत्र वितरण गर्नुभयो ।

परिचयपत्र प्राप्त गर्नेमा प्राज्ञ आलोकश्री, भरत नेपाली, चेतनारायण राई, शकुन्तला प्रधान, हरिबहादुर थापा, शान्तिराम राई, यज्ञराज उपाध्याय, बाबा बस्नेत, वसन्तप्रसाद भट्टलगायत छन् ।

सो अवसरमा मन्त्री अधिकारीले साहित्य, कला, सङ्गीत र नाटक मौलाउँदा सरकारले लिएको समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई पूरा गर्न सहयोग पु¥याउने विश्वास व्यक्त गर्दै कलाकारलाई परिचयपत्र प्रदान गर्नु भनेको देशलाई सांस्कृतिक रुपमा धनी बनाउनु हो भन्नुभयो ।

प्रतिष्ठानका कुलपति सरुभक्तले विविध समस्या भए पनि प्रतिष्ठानले सङ्गीत र नाट्य विधाको संरक्षण, सम्बद्र्धन, प्रबद्र्धनलगायत अध्ययन अनुसन्धान तथा प्रदर्शनमूलक गतिविधि गर्दै आएको जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १४ भाद्र बिहीबार  १० : ०३ बजे

सञ्चारमन्त्रीमा डा. विक्रम तिमल्सिना, सञ्चार क्षेत्रका अनुभवी अनुहार सरकारमा

काठमाडौं । बालेन शाह नेतृत्वको सरकारमा सञ्चार तथा सूचना प्रविधि

बालेन नेतृत्वको सरकारका १५ मन्त्री घोषणा

काठमाडौं । बालेन्द्र साह नेतृत्वको नयाँ सरकारमा १५ जना मन्त्रीहरूको

‘धेरै आशा बोकेर बिदा हुँदैछु’ : प्रधानमन्त्री सुशीला कार्की

काठमाडौं । सुशीला कार्की ले जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की ले आज राष्ट्रका नाममा सम्बोधन

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, संसदीय दलको नेताबारे छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज