२०८२, २४ जेष्ठ शनिबार

मुक्तिनाथ गुरुयोजना कार्यान्वयनमा ल्याइने

मुक्तिनाथ गुरुयोजना कार्यान्वयनमा ल्याइने


मुस्ताङ, १४ भदौ: प्रसिद्ध धार्मिक पर्यटकीयस्थल मुक्तिनाथको विकासका लागि तयार पारिएको गुरुयोजना कार्यान्वयन हुने भएको छ । बाह्गुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा ५३७ रोपनी क्षेत्रफलमा फैलिएको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको विकासका लागि उक्त गुरुयोजना तयार पारिएको थियो । यसअघि मुक्तिनाथ क्षेत्र विकास समिति र पुरातत्व विभागले विसं ०७० मा तयार पारेको गुरुयोजना कार्यान्वयन हुन नसकेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ गुरुयोजना तयार पारिएकोे सांसद प्रेमप्रसाद तुलाचनले जानकारी दिनुभयो ।

लामो समयको प्रतिक्षापछि तयार भएको सोे गुरुयोजना कार्यान्वयनका लागि सरकारी पदाधिकारी तथा सरोकारवालासँग छलफल गरिने उक्त समितिका अध्यक्षसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिनुभयो । गुरुयोजनामा मन्दिरलाई व्यवस्थित गर्न र आसपासका क्षेत्रमा आश्रमस्थल, फूलको बगैँचा, भोजनालयलगायत नयाँ संरचना निर्माण गर्न प्रस्ताव गरिएको छ । पर्यटक तथा दर्शनार्थीको भीडभाडका कारण जम्मा हुने फोहरलाई विद्युतीय यन्त्रबाट व्यवस्थित गरिने गुरुयोजनामा उल्लेख छ ।

मुक्तिनाथ नजिकै रहेको रानीपौवा बजारमा पिसीसी ढलान, तल्लो प्रवेशद्वारदेखि माथिल्लो प्रवेशद्वारसम्म लिफ्ट, मूल मन्दिर यथावत राखी वरपर रहेका साना मन्दिर जीर्णोद्धार गर्न प्रस्ताव गरिएकाले प्राकृतिक, ऐतिहासिक, भौगोलिक, सांस्कृतिक र धार्मिक सम्पदालाई असर नपुग्ने गरी संरचना बनाइने प्रजिअ पौडेलले बताउनुभयो ।

समुन्द्री सतहदेखि तीन हजार ७१० मिटरको उचाइमा अवस्थित मुक्तिनाथ मन्दिरलाई हिन्दूले मुक्तिक्षेत्र तथा बौद्धमार्गीले तिब्बती भाषामा छुमिङ ग्यात्सा (सय पानी वा यथेष्ट पानी) भन्दछन् । मुक्तिनाथ हिन्दू र बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल हो । पहिले तयार भएको गुरुयोजना कार्यान्वयन हुन नसकेपछि अहिले मन्त्रालयमा ताकेता गरेर नयाँ गुरुयोजना बनाइएको जानकारी दिँदै सांसद तुलाचनले सबैजनालाई सहजरूपमा आवतजावत गर्न सक्ने वातावरण सिर्जना गर्न लागिएको र यसका लागि समितिको कोषमा रहेको बजेट परिचालन गरिने बताउनभयो । समितिको कोषमा हाल करिव रु पाँच करोड छ । योजना अभावमा कोषको बजेट परिचालन हुनसकेको छैन ।

कागबेनीदेखि मुक्तिनाथको रानीपौवासम्म जोड्ने सडक एक वर्षअघि नै कालोपत्रे भएकामा अहिले म्याग्दीको बेनीदेखि जोमसोमसम्मको ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडक कालोपत्रेको तयारी भएको छ । गत वैशाखमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथको भ्रमण गर्नुभएपछि भारतीय तीर्थयात्रीको आगमन अझै बढेको छ । मुक्तिनाथ धार्मिक, ऐतिहासिक एवं पर्यटकीय सबै दृष्टिकोणबाट महत्वपूर्ण गन्तव्य भएका कारण यसको समग्र विकासका लागि प्रस्तावित गुरुयोजनाले धेरै सहयोग पु¥याउने विश्वास गरिएको छ ।

प्रकाशित मिति : २०७५, १४ भाद्र बिहीबार  ८ : २५ बजे

प्रधानमन्त्रीसँग संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरुपण तथा मेलमिलाप

आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

काठमाडौं । आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

राइड सेयरिङमा बढी भाडा लिए जानकारी दिन नेपाल प्रहरीको अनुरोध

काठमाडौं । यातायात व्यवसायीले यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ

राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो

गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता :अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतान्त्रिक