२०८३, ११ भाद्र शुक्रबार

मुक्तिनाथ गुरुयोजना कार्यान्वयनमा ल्याइने

मुक्तिनाथ गुरुयोजना कार्यान्वयनमा ल्याइने


मुस्ताङ, १४ भदौ: प्रसिद्ध धार्मिक पर्यटकीयस्थल मुक्तिनाथको विकासका लागि तयार पारिएको गुरुयोजना कार्यान्वयन हुने भएको छ । बाह्गुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा ५३७ रोपनी क्षेत्रफलमा फैलिएको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको विकासका लागि उक्त गुरुयोजना तयार पारिएको थियो । यसअघि मुक्तिनाथ क्षेत्र विकास समिति र पुरातत्व विभागले विसं ०७० मा तयार पारेको गुरुयोजना कार्यान्वयन हुन नसकेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ गुरुयोजना तयार पारिएकोे सांसद प्रेमप्रसाद तुलाचनले जानकारी दिनुभयो ।

लामो समयको प्रतिक्षापछि तयार भएको सोे गुरुयोजना कार्यान्वयनका लागि सरकारी पदाधिकारी तथा सरोकारवालासँग छलफल गरिने उक्त समितिका अध्यक्षसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिनुभयो । गुरुयोजनामा मन्दिरलाई व्यवस्थित गर्न र आसपासका क्षेत्रमा आश्रमस्थल, फूलको बगैँचा, भोजनालयलगायत नयाँ संरचना निर्माण गर्न प्रस्ताव गरिएको छ । पर्यटक तथा दर्शनार्थीको भीडभाडका कारण जम्मा हुने फोहरलाई विद्युतीय यन्त्रबाट व्यवस्थित गरिने गुरुयोजनामा उल्लेख छ ।

मुक्तिनाथ नजिकै रहेको रानीपौवा बजारमा पिसीसी ढलान, तल्लो प्रवेशद्वारदेखि माथिल्लो प्रवेशद्वारसम्म लिफ्ट, मूल मन्दिर यथावत राखी वरपर रहेका साना मन्दिर जीर्णोद्धार गर्न प्रस्ताव गरिएकाले प्राकृतिक, ऐतिहासिक, भौगोलिक, सांस्कृतिक र धार्मिक सम्पदालाई असर नपुग्ने गरी संरचना बनाइने प्रजिअ पौडेलले बताउनुभयो ।

समुन्द्री सतहदेखि तीन हजार ७१० मिटरको उचाइमा अवस्थित मुक्तिनाथ मन्दिरलाई हिन्दूले मुक्तिक्षेत्र तथा बौद्धमार्गीले तिब्बती भाषामा छुमिङ ग्यात्सा (सय पानी वा यथेष्ट पानी) भन्दछन् । मुक्तिनाथ हिन्दू र बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल हो । पहिले तयार भएको गुरुयोजना कार्यान्वयन हुन नसकेपछि अहिले मन्त्रालयमा ताकेता गरेर नयाँ गुरुयोजना बनाइएको जानकारी दिँदै सांसद तुलाचनले सबैजनालाई सहजरूपमा आवतजावत गर्न सक्ने वातावरण सिर्जना गर्न लागिएको र यसका लागि समितिको कोषमा रहेको बजेट परिचालन गरिने बताउनभयो । समितिको कोषमा हाल करिव रु पाँच करोड छ । योजना अभावमा कोषको बजेट परिचालन हुनसकेको छैन ।

कागबेनीदेखि मुक्तिनाथको रानीपौवासम्म जोड्ने सडक एक वर्षअघि नै कालोपत्रे भएकामा अहिले म्याग्दीको बेनीदेखि जोमसोमसम्मको ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडक कालोपत्रेको तयारी भएको छ । गत वैशाखमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथको भ्रमण गर्नुभएपछि भारतीय तीर्थयात्रीको आगमन अझै बढेको छ । मुक्तिनाथ धार्मिक, ऐतिहासिक एवं पर्यटकीय सबै दृष्टिकोणबाट महत्वपूर्ण गन्तव्य भएका कारण यसको समग्र विकासका लागि प्रस्तावित गुरुयोजनाले धेरै सहयोग पु¥याउने विश्वास गरिएको छ ।

प्रकाशित मिति : २०७५, १४ भाद्र बिहीबार  ८ : २५ बजे

एमाले नेता घिसिङद्धारा वेपत्ता आफन्तजनको नाम जिल्ला प्रशासनमा टिपाउन अपिल

सिन्धुली । नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले तिब्बत

अस्पतालमा बेपत्ता आफन्त खोज्दै बाढी प्रभावित, नाम टिपाउँदै आफन्तजन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि हराएका तथा सम्पर्कविहीन आफन्तको

बाढीका घाइतेको उपचारमा चक्रदेवी अस्पताललाई इन्धन र विद्युत्को संकट

काठमाडौं । रसुवा र नुवाकोटमा आएको बाढीपछि घाइतेको उपचारको मुख्य

पृथ्वी राजमार्गमा यातायात ठप्प, सड्कमा थुप्रिएको लेदो हटाउने काम जारी

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित सडकमार्गमा अझैंपनि

बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापामगरसहितको टोली सक्रिय

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित प्रदेश सरकारका मन्त्री