२०८२, २८ आश्विन मंगलबार

प्रत्येक वडामा फ्रि वाइफाइ

प्रत्येक वडामा फ्रि वाइफाइ


बैतडी, १४ भदौ: बैतडीको दोगडाकेदार गाउँपालिकाका हरेक वडा कार्यालयमा इ–हाजिरी र इन्टरनेट जडान गरिने भएको छ । गाउँपालिकाभित्र रहेका ८ वडा कार्यालयमा इ–हाजिरी र इन्टरनेट जडान गर्ने कार्य चालु आर्थिक वर्षभित्रै गरिने गाउँपालिका अध्यक्ष चक्र कार्कीले जानकारी दिनुभयो ।

हरेक वडा कार्यालयका लागि प्रशासनिक खर्चवापत छुट्याइएको रु ५ लाख बजेटबाटै इ–हाजिरी र इन्टरनेट जडान गर्न निर्देशन दिइएको उहाँले बताउनुभयो । गाउँपालिकालाई प्रविधिमैत्री बनाउने उद्देश्यले उक्त कार्य गर्न लागिएको बताइएको छ ।

उक्त गाउँपालिकाको कार्यालयमा गत वर्ष नै इ–हाजिरी, इन्टरनेट र सिसिटिभी जडान गरिएको छ । कार्यालयको सबै कामलाई पारदर्शी ढङ्गले अगाडि बढाउन आधुनिक प्रविधिको प्रयोगमा गाउँपालिकाले जोड दिएको छ ।

यस्तै उक्त गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका सम्पूर्ण माध्यमिक विद्यालयमा कम्प्युटर, इ–हाजिरी, इ–पुस्तकालय र प्रोजेक्टरका साथै फ्रि इन्टरनेटका लागि निरन्तरता दिएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १४ भाद्र बिहीबार  ७ : ४८ बजे

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह आज विश्वासको मत लिँदै

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज प्रदेश सभाबाट

बालेन र सुदनविरुद्ध सर्लाहीमा पनि संयुक्त जाहेरी

सर्लाही । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) र ‘हामी

आजको विदेशी विनिमयदर सार्वजनिक, अमेरिकी डलरको बिक्रीदर १४२ रुपैयाँ १८ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महराविरुद्ध मुद्दा दायर

काठमाडौं । सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा पूर्वसभामुख तथा

आज कोशीका पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना, अन्यत्र मौसम मुख्यतया सफा

काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेकाले