२०८३, ३१ असार बिहीबार

जुगल गाउँपालिकाको सडक निर्माणको सत्यतथ्य बुझ्न तीन हाइड्रो पावर कम्पनीको आग्रह (विज्ञाप्ति सहित)

जुगल गाउँपालिकाको सडक निर्माणको सत्यतथ्य बुझ्न तीन हाइड्रो पावर कम्पनीको आग्रह (विज्ञाप्ति सहित)


सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकामा निर्माण भएको सडकका विषयमा आफुहरुलाई बिना कारण विवाद पारेको भन्दै तीन हाइड्रो पावर कम्पनीले आपत्ती जनाएका छन् । बलेफी हाइड्रो पावर कम्पनी, गेलुङ हाइड्रो पावर कम्पनी र मुनलाइट हाइड्रो पावर कम्पनीले संयुक्त विज्ञप्ति जारी गरेर गाउँपालिकाको ढाँडे कात्तिके तेम्बाथान सडक निर्माणमा सत्य तथ्य नबुझि विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशसन भएको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका हुन् ।

विज्ञाप्तिमा मुनलाइट र बलेफी हाइड्रो पावर कम्पनीहरुले एक महिनाका लागि १/१ वटा स्काभेटर उपलब्ध गराएको उल्लेख गरिएको छ । त्यस्तै स्काभेटरमा लाग्ने सम्पूर्ण इन्धन, अपरेटर भत्ता, खाना खर्च, बास खर्च लगायतका सबै ब्यवस्थापन खर्च जुगल गाउँपालिकाले नै ब्यहोर्ने सहमति भएको पनि भनिएको छ । साथै विज्ञाप्तिमा गेलुङ खोला हाइड्रो पावर कम्पनीहरुले डोजर तथा अन्य कुनै सहयोग उपलब्ध नगराएको र शिवश्री हाइड्रो पावर नामको त्यस क्षेत्रमा कम्पनी नरहेको भनिएको छ । ‘मिडियामा आएको कुनै पनि कुरा सत्य छैनन्, विज्ञाप्तिमा भनिएको छ, ‘उक्तm समाचारको भ्राममा कोहि पनि नपर्नु होला ।’

तीन हाइड्रो पावर कम्पनीले जारी गरेको विज्ञाप्ति

जुगल गाउँपालिकाको अार्थिक वर्ष ०७४/०७५ को योजना अन्तर्गत बलेफी–तेम्बथान सडक स्तरोन्नती आयोजनामा करीब ५८ लाख भन्दा धेरै रकम भ्रष्टाचार भएको भन्दै स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेका थिए । तर गाउँपालिकाका अध्यक्ष होम नारायण श्रेष्ठले अख्तियारको अनुसन्धानमा पूर्ण सहयोग पुर्याउन आफुहरु तयार रहेको बताएका छन् । ‘मेरो चरित्रहत्या गर्ने उद्देश्यले, प्रतिरोध साधेर यो समाचार प्रकाशन भएको छ, अध्यक्ष श्रेष्ठले भने ‘सत्य तथ्य नबुझि प्रकाशन भएको समाचारको भ्रममा नपर्न सबैमा अनुरोध गर्दछु ।’ राजधानीसँग नजिकको जिल्ला भएर पनि सडक सञ्जालबाट कर्णाली जतिकै विकट रहेकाे जुगल गाउँपालिकाकाे बस्तीमा सडक पुर्याउन विभिन्न संघसंस्थहरुसँग सहयोग मागिएको अध्यक्ष श्रेष्ठले बताए । उनले अाफू र अाफ्नाे पालिकाभित्र कुनै अनियमितता भएकाे पुष्टिभए जस्ताे सुकै सजायकाे भागीदार समेत सहन तयार रहेकाे बताएका छन्न । 

प्रकाशित मिति : २०७५, १३ भाद्र बुधबार  १० : ०७ बजे

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

केहीबेरको वर्षामै काठमाडौं जलमग्न, माइतीघर डुबानमा परेपछि सवारी आवागमन प्रभावित

काठमाडौं । बिहीबार दिउँसो परेको अविरल वर्षाले काठमाडौं उपत्यकाका विभिन्न

‘मार्वल’को ट्रेडमार्क दुरुपयोग गरेको आरोप, जानकी प्लास्टिक उद्योगका सञ्चालक पक्राउ

जनकपुरधाम । प्रसिद्ध ‘मार्वल’ ब्रान्डको ट्रेडमार्क दुरुपयोग गरी नक्कली पाइप

अब राइड सेयरिङ चालकले अनिवार्य प्यान लिनुपर्ने, राजस्व विभागको नयाँ निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवामा आबद्ध चालकहरूलाई

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, विभिन्न नियुक्ति र समसामयिक विषयमा निर्णय हुने सम्भावना

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित