२०८३, ३१ भाद्र बिहीबार

भक्तपुरमा करेण्ट लागेर एकको मृत्यु, अर्का घाइते

भक्तपुरमा करेण्ट लागेर एकको मृत्यु, अर्का घाइते


भक्तपुर, ११ भदौ : भक्तपुर नगरपालिका–१० कमलविनायकमा करेन्ट लागेर आइतबार साँझ एकको मृत्यु भएको छ । घटनामा एक जना घाइते भएका छन् । घाइतेको काठमाडौँ छाउनीस्थित नेपाली सेनाको सैनिक अस्पतालमा उपचार भइरहेको छ । कमलविनायकस्थित पाइपलाइनस्थित नाती प्रजापतिको निर्माणाधीन दुई तल्ले घरको छतमा जस्ता राख्न फलामको पाइप उठाउनेक्रममा पाइपले बिजुलीको तारमा छुन गई करेन्ट लागेर सोही स्थान बस्ने ५७ वर्षीय रुद्र काफ्लेको मृत्यु भएको हो ।

घटनामा घाइते भएका काफ्ले अर्का घाइते ३८ वर्षीय हीराबहादुर खड्कालाई तत्काल उद्धार गरी उपचारका लागि भक्तपुर अस्पताल लगिएकोमा अस्पतालका चिकित्सकले काफ्लेलाई मृत घोषणा गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । अर्का घाइते खड्कालाई भक्तपुर अस्पतालले थप उपचारका लागि सैनिक अस्पताल रिफर गरेको प्रनाउ पोखरेलले बताउनुभयो । घटनाको महानगरीय प्रहरी वृत्त जगातीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ११ भाद्र सोमबार  ७ : २२ बजे

‘झिंगे दाउ २’ मा हाँसोदेखि भावनासम्म, प्रिमियरपछि दर्शकको यस्तो प्रतिक्रिया

काठमाडौं । निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको चलचित्र ‘झिंगे दाउ

भोटेकोशीको अकल्पनीय विपत्ति :पुनर्निर्माण संरचनाको कि सुरक्षित भविष्यको ?

भोटेकोशी–त्रिशूली जलाधारमा आएको विनाशकारी बाढीले नेपालसामु एउटा गम्भीर प्रश्न खडा

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर