२०८३, १४ कार्तिक शनिबार

भक्तपुरमा करेण्ट लागेर एकको मृत्यु, अर्का घाइते

भक्तपुरमा करेण्ट लागेर एकको मृत्यु, अर्का घाइते


भक्तपुर, ११ भदौ : भक्तपुर नगरपालिका–१० कमलविनायकमा करेन्ट लागेर आइतबार साँझ एकको मृत्यु भएको छ । घटनामा एक जना घाइते भएका छन् । घाइतेको काठमाडौँ छाउनीस्थित नेपाली सेनाको सैनिक अस्पतालमा उपचार भइरहेको छ । कमलविनायकस्थित पाइपलाइनस्थित नाती प्रजापतिको निर्माणाधीन दुई तल्ले घरको छतमा जस्ता राख्न फलामको पाइप उठाउनेक्रममा पाइपले बिजुलीको तारमा छुन गई करेन्ट लागेर सोही स्थान बस्ने ५७ वर्षीय रुद्र काफ्लेको मृत्यु भएको हो ।

घटनामा घाइते भएका काफ्ले अर्का घाइते ३८ वर्षीय हीराबहादुर खड्कालाई तत्काल उद्धार गरी उपचारका लागि भक्तपुर अस्पताल लगिएकोमा अस्पतालका चिकित्सकले काफ्लेलाई मृत घोषणा गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । अर्का घाइते खड्कालाई भक्तपुर अस्पतालले थप उपचारका लागि सैनिक अस्पताल रिफर गरेको प्रनाउ पोखरेलले बताउनुभयो । घटनाको महानगरीय प्रहरी वृत्त जगातीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ११ भाद्र सोमबार  ७ : २२ बजे

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक

उपत्यकामा २४ घण्टामा ३१४ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३१४ वटा