२०८२, ३ कार्तिक आईतबार

नेपाल कोरियासँग पराजित

नेपाल कोरियासँग पराजित


काठमाडौँ, ८ भदौ : इण्डोनेसियामा जारी अठारौँ एशियाली खेलकूदअन्तर्गत भलिबलतर्फ आज भएको दोस्रो खेलमा नेपाल दक्षिण कोरियासँग ३–० को सोझो सेटमा पराजित भएको छ ।

समूह ‘डी’ मा रहेको नेपाल आज सम्पन्न दोस्रो खेलमा दक्षिण कोरियासँग २५–१६, २५–१३ र २५–१४ मा पराजित भएको जकार्तामा रहनुभएका भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्टले जानकारी दिनुभयो । दुवै खेलमा पराजित नेपाल समूह चरणबाटै बाहिरिएको छ । नेपाल यसअघि बुधबार भएको पहिलो खेलमा चाइनिज ताइपेइसँग पराजित भएको थियो ।

एशियाली खेलकूदको पुरुष भलिबलतर्फ २० राष्ट्र सहभागी छन् । नेपालले ३२ वर्षपछि एशियाली खेलकूदमा भलिबलमा सहभागिता जनाएको हो । नेपालको भलिबल टोलीले पछिल्लो पटक सन् १९८४मा दक्षिण कोरियाको सिओलमा आयोजित एशियाली खेलकूदमा भाग लिएको थियो । भलिबल नेपालको राष्ट्रिय खेलसमेत हो ।
-रासस

प्रकाशित मिति : २०७५, ८ भाद्र शुक्रबार  ६ : १९ बजे

आजको मौसम अपडेट : देशभर सफा मौसम

काठमाडौं । देशभर आजको मौसम सामान्य र स्थिर रहने भएको

जनकपुरको सुनचाँदी पसलमा गोली चल्यो प्रहरी र व्यवसायीबीच झडप

जनकपुरधाम। जनकपुरको सोनारपट्टी क्षेत्रमा शुक्रबार साँझ एक सुनचाँदी व्यवसायीको पसलमा

नेपालका क्रिकेटर-राष्ट्रको आत्मा र गौरवका नायक

ओमानको गर्मीमा अपराजित रहँदै टी- २० विश्वकप छनोट जित्नु केवल

एमालेको ११औं महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा

काठमाडौं । नेकपा (एमाले) ले आफ्नो ११औं महाधिवेशन मंसिर २७

ओलीको प्रस्तावमा असहमति: उपाध्यक्ष ज्ञवाली र शाक्य संसद् पुनर्स्थापनाको पक्षमा छैनन्

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी