२०८३, २१ बैशाख मंगलबार

जनताले खोज्ने भनेको कामको परिमाण हो,फाइल कहाँ पुग्यो भनेर काममा आलटाल नगर्न मन्त्री पण्डितको निर्देशन

जनताले खोज्ने भनेको कामको परिमाण हो,फाइल कहाँ पुग्यो भनेर काममा आलटाल नगर्न मन्त्री पण्डितको निर्देशन


काठमाडौँ, ६ सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जनताले अनुभूति हुने किसिमले परिमाण आउने गरी कर्मचारीले काम गर्नुपर्ने बताउनुभएको छ ।

आर्थिक वर्ष २०७४÷०७५ को वार्षिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई बुधबार मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “जनताले बुझ्ने भनेको कामको परिमाण हो । दराज कहाँ छ, फाइल कहाँ पुग्यो भन्ने होइन, जुन लक्ष्य हो त्यसको परिमाण ल्याउने गरी दिन दुई गुणा र रात चार गुणाजस्तो परिमाण निकाल्ने गरी काम गर्नुपर्छ ।”

कार्यक्रममा मन्त्रालयका निमित्त सचिव सुरेश अधिकारीले गत निर्वाचन र सङ्घीयता कार्यान्वयनको कारणले विकास निर्माणमा अलमल भएको बताउँदै यसै वर्ष कर्मचारी समायोजनको काम सकिने बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका सहसचिव नरेश चापागाईले अनुगमन नहुँदा योजना कार्यन्वयन गर्ने काम कमजोर रहेको बताउनुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका उपसचिव खोमा ढकालले सरकारले शुरु गरेको समृद्ध नेपाल र सुखी नेपाली अभियानलाई सहयोग पुग्ने किसिमले काम गर्नुपर्ने बताउनुभयो ।

अर्थ मन्त्रालयका उपसचिव चन्द्रकुमार श्रेष्ठले बेरुजु फछ्र्योट सुधार गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्रालयले गत आवमा चालूतर्फ ८८।५८ प्रतिशत बजेट र पूँजीगततर्फ ५३।०४ प्रतिशत गरी कूल ७५।०४ प्रतिशत मात्र बजेट खर्च गरेको जानकारी मन्त्रालयका सहसचिव पुरुषोत्तम नेपालल दिनुभयो । यस्तै मन्त्रालयले ४१।२१ प्रतिशत बेरुजु फछ्र्योट र भौतिकतर्फ ८० प्रतिशत काम सम्पन्न गरेको छ ।

प्रकाशित मिति : २०७५, ६ भाद्र बुधबार  ४ : ५२ बजे

सार्वजनिक खरिद अध्यादेशप्रति निर्माण व्यवसायी असन्तुष्ट, पूर्वाधार विकासमा असर पर्ने चिन्ता

काठमाडौं । नेपाल सरकारले ल्याएको सार्वजनिक खरिद अध्यादेशले पूर्वाधार निर्माणका

जनमत पार्टीमा विवादबीच सरकार समर्थन कायम रहेको दाबी, आन्तरिक मतभेद सतहमा

जनकपुरधाम । जनमत पार्टीभित्र देखिएको आन्तरिक विवादका बीच संसदीय दलका

यूएईमा ‘सम्भावित हवाई खतरा’को चेतावनी, अमेरिकी दूतावास सतर्क

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)स्थित अमेरिकी दूतावासले ‘सम्भावित हवाई

मेघगर्जनसहित वर्षा बढ्ने संकेत, सतर्क रहन आग्रह

काठमाडौं । देशभर आज मौसम बदली भई विभिन्न स्थानमा मेघगर्जन

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष