२०८३, ८ कार्तिक आईतबार

जनताले खोज्ने भनेको कामको परिमाण हो,फाइल कहाँ पुग्यो भनेर काममा आलटाल नगर्न मन्त्री पण्डितको निर्देशन

जनताले खोज्ने भनेको कामको परिमाण हो,फाइल कहाँ पुग्यो भनेर काममा आलटाल नगर्न मन्त्री पण्डितको निर्देशन


काठमाडौँ, ६ सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जनताले अनुभूति हुने किसिमले परिमाण आउने गरी कर्मचारीले काम गर्नुपर्ने बताउनुभएको छ ।

आर्थिक वर्ष २०७४÷०७५ को वार्षिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई बुधबार मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “जनताले बुझ्ने भनेको कामको परिमाण हो । दराज कहाँ छ, फाइल कहाँ पुग्यो भन्ने होइन, जुन लक्ष्य हो त्यसको परिमाण ल्याउने गरी दिन दुई गुणा र रात चार गुणाजस्तो परिमाण निकाल्ने गरी काम गर्नुपर्छ ।”

कार्यक्रममा मन्त्रालयका निमित्त सचिव सुरेश अधिकारीले गत निर्वाचन र सङ्घीयता कार्यान्वयनको कारणले विकास निर्माणमा अलमल भएको बताउँदै यसै वर्ष कर्मचारी समायोजनको काम सकिने बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका सहसचिव नरेश चापागाईले अनुगमन नहुँदा योजना कार्यन्वयन गर्ने काम कमजोर रहेको बताउनुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका उपसचिव खोमा ढकालले सरकारले शुरु गरेको समृद्ध नेपाल र सुखी नेपाली अभियानलाई सहयोग पुग्ने किसिमले काम गर्नुपर्ने बताउनुभयो ।

अर्थ मन्त्रालयका उपसचिव चन्द्रकुमार श्रेष्ठले बेरुजु फछ्र्योट सुधार गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्रालयले गत आवमा चालूतर्फ ८८।५८ प्रतिशत बजेट र पूँजीगततर्फ ५३।०४ प्रतिशत गरी कूल ७५।०४ प्रतिशत मात्र बजेट खर्च गरेको जानकारी मन्त्रालयका सहसचिव पुरुषोत्तम नेपालल दिनुभयो । यस्तै मन्त्रालयले ४१।२१ प्रतिशत बेरुजु फछ्र्योट र भौतिकतर्फ ८० प्रतिशत काम सम्पन्न गरेको छ ।

प्रकाशित मिति : २०७५, ६ भाद्र बुधबार  ४ : ५२ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना