२०८२, १ भाद्र सोमबार

मोरङमा मदिरा उद्योगबाट रु एक अर्ब ६२ करोड राजश्व

मोरङमा मदिरा उद्योगबाट रु एक अर्ब ६२ करोड राजश्व


विराटनगर, ६ भदौ मोरङ जिल्लामा रहेका तीन वटा मदिरा उद्योगले गत आव ०७४÷७५ मा रु एक अर्ब ६२ करोड ३७ लाख अन्तशुल्क बुझाएका छन् ।

यसरी अन्तशुल्क बुझाउनेमा मोरङको बूढीगङ्गा गाउँपालिका टंकिसिनबारीमा रहेको नेपाल लिकर्स प्रालिले रु एक अर्ब २२ करोड ५५ लाख रहेको छ भने बूढीगङ्गा मोरङमै रहेको गोल्डेन लिकर्स प्रालिले रु २५ करोड ६५ लाख र मोरङ रङ्गेली दर्वेशामा रहेको चण्डिका डिष्ट्रिलरी प्रालिले रु २४ करोड १७ लाख अन्तशुल्क बुझाएको आन्तरिक राजश्व कार्यालय विराटनगरले जनाएको छ ।

मदिरा उद्योगले मदिरा उत्पादन र निकासी गरेबापत अन्तशुल्क बुझाउने गरेको छ । कार्यालयले अन्तशुल्क चुहावट रोक्नका लागि मदिरा उद्योगमा कर्मचारी खटाएर अनुगमनलाई तीव्र पारेको छ । उक्त तीनवटै मदिरा उद्योग ठूला करदाता कार्यालयमा गइसकेका छन् ।

प्रकाशित मिति : २०७५, ६ भाद्र बुधबार  ४ : १९ बजे

पाँचखालमा जनमत कुल्चिँदै महेश खरेल ! जनताको होइन, ठेकेदारको मेयर !

पाँचखाल । पाँचखाल नगरपालिका वडा नं. ८ मा स्थानीयको कडा

गौर हत्याकाण्डको आदेशविरुद्ध जसपा नेपालको प्रदर्शन

काठमाडौं । १९ वर्षअघिको गौर हत्याकाण्ड छानबिन गर्न सर्वोच्च अदालतले

विद्यालय शिक्षा विधेयकमा व्यापक परिमार्जन, ५ भदौमा पास गर्ने तयारी

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय

अब शंकाका आधारमा यात्रु नरोकिने : अध्यागमन विभाग

काठमाडौं । अध्यागमन विभागले अबदेखि भिजिट भिसामा जाने नेपाली नागरिकलाई

अब शंकाका आधारमा यात्रु नरोकिने : अध्यागमन विभाग

काठमाडौं । अध्यागमन विभागले अबदेखि भिजिट भिसामा जाने नेपाली नागरिकलाई