२०८२, ११ पुस शुक्रबार

राज्यमन्त्री डिम्पल झाको सिम्पल काममले शहर बजारमा चर्चा छायो

राज्यमन्त्री डिम्पल झाको सिम्पल काममले शहर बजारमा चर्चा छायो


 

काठमाडौं, ५ भदौ । प्रदेश २ कि भौतिक पूर्वाधार राज्यमन्त्री डिम्पल झाको सिम्पल काममले पनि शहर बजारमा चर्चा पाउने गरेकी छिन् । उनले गर्ने राम्रा कामले भन्दा पनि रमाइलो तर उट्पट्याङ गतिविधिले झा चर्चामा आउने गरेकी हुन् ।

रौतहट जिल्लाबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने झा गाउँ जाने बेला दलबलसहित जाने गरेकी छिन् । झाले आफ्नो राजनीतिक हैसियत देखाउनका लागि पनि तामझाम देखाउने गरेको आरोप उनकै कार्यकर्ताहरूको छ ।

मन्त्री झाको जिल्ला बसाइँ र घुमाइ महँगो हुने गरेको छ । उनको सुरक्षालाई लिएर रौतहट प्रहरीलाई टाउको दुखाइ भएको छ । प्रदेश मन्त्री झाको दवाव र उट्पट्याङ गतिविधिले गर्दा कार्यकर्ता र स्थानीय प्रशासनलाई हैरान भएको गुनासो बढेको छ ।

मन्त्री पदको सपथ लिएपछि साउथ भारतीय फिल्ममा जस्तै ५० भन्दा धेरै गाडी लिएर गाउँ गएकी झाको त्यस बेला निकै आलोचना भएको थियो । त्यसपछि उनको व्यवहारमा सुधार हुने धेरैले अपेक्षा लिएका थिए । तर, प्रदेशमन्त्री झाले आफूलाई सुधार गर्नुभन्दा पनि उस्तै शैली अपनाउँदै गएकी छिन् ।

मन्त्री झाले फेरि बागमती नदीको कटान हेर्ने बहानामा दलवलसहित सोमबार भ्रमण गरेकी छिन् । आफ्ना पति अनिलकुमार झालाई साथमा लिएर प्रदेश २ की मन्त्री झा बागमती नदीको किनारमा पुगेकी हुन् ।

मन्त्रीको सपथ लिएर रौतहट जिल्ला आएका बेलाको गाडीको लावालस्कर

उनले नदी कटानको लागि बजेट निकासा गर्नुभन्दा पनि स्थानीय सरोकारवाला कार्यालयका प्रमुखहरूलाई दिर्नेशन दिएर कटान रोक्न भनेकी छिन् ।

नदी कटान हेर्न उनले गाउँका सबै सर्वसाधारणहरूलाई आफ्नो पछाडि आउन निर्देशन दिएको एक स्थानीयले बताए । अघिल्लो पटक संसदमा रहेकी झाले नदी कटानदेखि रौटहटको विकासमा सिन्को पनि नभाँचेको आरोप छ ।

उनका पति अनिलकुमार झाले पनि विकास गर्न नसेको आरोप रौतहटका स्थानीयको छ ।

प्रकाशित मिति : २०७५, ५ भाद्र मंगलबार  १२ : ४९ बजे

सञ्चारमन्त्री खरेलको शीर्ष नेतासँग भेटघाट, चुनावी वातावरणमा जोड

काठमाडौं । निर्वाचनको वातावरण बनाउन सरकार सक्रिय बनेको छ। यसैक्रममा

रवि–बालेन संवाद निर्णायक मोडमा, आजै एकता वा अलग बाटो स्पष्ट हुने

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं मेयर बालेन

चुनाव कांग्रेसको एजेन्डा, सरकारबाट वातावरण निर्माणको माग : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको अपरिहार्य प्राथमिकता

सिन्धुलीको कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली। जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था तनावग्रस्त

विश्वप्रकाश शर्माद्वारा आगामी निर्वाचन नलड्ने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचन नलड्ने