२०८३, २५ आश्विन सोमबार

दुई वर्षसम्म कांग्रेसका ४२ वटै विभाग रित्तै !

दुई वर्षसम्म कांग्रेसका ४२ वटै विभाग रित्तै !


काठमाडौं, भदौ ४ : कांग्रेसको विधानअनुसार महाधिवेशन भएको दुई महिनाभित्र सबै विभाग गठन भइसक्नुपर्छ । तर, १४ औं महाधिवेशनबाट शेरबहादुर देउवा सभापति चुनिएको साढे दुई वर्षसम्म पार्टीका ४२ वटै विभाग रिक्त छन् । पार्टीलाई चलायमान बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विभाग र समिति निष्क्रिय छन् ।

विभाग नबन्दा पार्टीका केन्द्रीय सदस्यसमेत जिम्मेवारीविहीन जस्ता छन् । विभागका संयोजक केन्द्रीय सदस्य हुने व्यवस्था छ ।एउटा विभागमा २१ सदस्य हुन्छन् । सबै विभाग र समितिलाई पूर्ण गराउँदा ९ सय जना मनोनीत हुन्छन् । ती मनोनयन नहुँदा एकातिर नेता तथा कार्यकर्ता दायित्वविहीन बनेका र अर्कोतिर संगठन ‘तदर्थवाद’ मा अघि बढेको नेताहरू बताउँछन् ।

साढे दुई वर्ष बित्दा पनि विभाग र समिति कन सक्रिय हुन सकेनन् त ? यसको मुख्य कारण सभापति देउवाको कार्यशैली र पार्टीभित्रको आन्तरिक विभाजनलाई मान्ने गरिएको छ । सभापति चुनिएदेखि नै देउवा पार्टी संगठनभन्दा बढी सत्ता राजनीतिमा केन्द्रित भए । एउटा विभागमा २१ सदस्य हुन्छन् । सबै विभाग र समितिलाई पूर्ण गराउँदा ९ सय जना मनोनीत हुन्छन् । आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

प्रकाशित मिति : २०७५, ४ भाद्र सोमबार  ६ : ४३ बजे

सर्वोच्चका न्यायाधीश सिफारिसमा विवाद : मापदण्डभन्दा प्रधानन्यायाधीशको रोजाइ हाबी भएको आरोप

काठमाडौं । सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस गर्ने न्याय

चार देशका प्रस्तावित राजदूतलाई एउटै प्रश्न : राष्ट्रिय स्वार्थ जोगाउने चुनौती

काठमाडौं । भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित नेपाली

फिल्म ‘आ बाट आमा २’ को ट्रेलर सार्वजनिक

काठमाडौं । बडादशैंलाई लक्षित गर्दै चलचित्र ‘आ बाट आमा २’

कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामाको अग्रता, ९०० मत गन्दा ३८० मत

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (आदिवासी जनजाति) पदमा

एक्स्ट्रिम इनर्जी ड्रिंक्सका होर्डिङ बोर्ड अनधिकृत र मापदण्डविपरित

काठमाडौं । आक्रमक प्रचारप्रसार गरिरहेको एक्स्ट्रिम इनर्जी ड्रिंक्सले काठमाडौं महानगरका