२०८३, २५ आश्विन सोमबार

सम्पूर्ण योजनाबद्ध कार्यको विवरण भदौभित्र पेश गर्न पर्यटनमन्त्रीको निर्देशन

सम्पूर्ण योजनाबद्ध कार्यको विवरण भदौभित्र पेश गर्न पर्यटनमन्त्रीको निर्देशन


काठमाडौँ, ३ भदौ:संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले चालु आवमा गरिने सम्पूर्ण योजनाबद्ध कार्यको विवरण भदौभित्र पेश गर्न मन्त्रालय मातहत निकायलाई निर्देशन दिनुभएको छ । गत आवमा सञ्चालिन आयोजना÷कार्यक्रमको तेस्रो चौमासिक एवम् वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री अधिकारीले एक महिनाभित्र योजना कार्यक्रम कार्यान्वयनको खाका नल्याए सम्बन्धित निकायका प्रमुख कारवाहीको भागिदार हुनुपर्ने स्पष्ट पार्नुभयो ।

“भदौ महिनाभित्र आफ्ना निकायमा आएका योजना कार्यान्वयनका लागि के कस्ता प्रक्रिया अपनाउनुपर्ने हो स्पष्ट खाका ल्याउनुस्, सधैँ कार्यान्वयन हुदैँछ भनेर आलटाल गर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ ।” उहाँले भन्नुभयो,–योजनाअनुरुप बजेट खर्च नगरिकन अन्तिममा सूचना दिने अधिकारी कारवाहीको भागेदारी हुन्छ । मन्त्री अधिकारीले आगामी एक वर्षभित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पुनः कालोपत्र (स्तरोन्नति) गर्न निर्देशन दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाँलले पर्यटन मन्त्रालय मातहतका निकायको योजना कार्यान्वयनको भौतिक तथा वित्तीय प्रगति सन्तोषजनक नरहेको भन्दै परिणाम देखिनेगरी काम गर्न निर्देशन दिनुभयो । पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले पर्यटकीय पूर्वाधारको रुपमा रहेका निर्माणाधीन अन्तराष्ट्रिय विमानस्थलको कामलाई प्रभावकारी बनाइने तथा पर्यटकीय तथ्याङ्कलाई व्यवस्थित गर्ने कार्य अघि बढाइएको जानकारी दिनुभयो । त्यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक सञ्जिव गौतम, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल, नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीलगायतले सञ्चालित आयोजनाको प्रगतिबारे जानकारी गराउनुभयो ।

प्रकाशित मिति : २०७५, ३ भाद्र आईतबार  ९ : १८ बजे

सर्वोच्चका न्यायाधीश सिफारिसमा विवाद : मापदण्डभन्दा प्रधानन्यायाधीशको रोजाइ हाबी भएको आरोप

काठमाडौं । सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस गर्ने न्याय

चार देशका प्रस्तावित राजदूतलाई एउटै प्रश्न : राष्ट्रिय स्वार्थ जोगाउने चुनौती

काठमाडौं । भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित नेपाली

फिल्म ‘आ बाट आमा २’ को ट्रेलर सार्वजनिक

काठमाडौं । बडादशैंलाई लक्षित गर्दै चलचित्र ‘आ बाट आमा २’

कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामाको अग्रता, ९०० मत गन्दा ३८० मत

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (आदिवासी जनजाति) पदमा

एक्स्ट्रिम इनर्जी ड्रिंक्सका होर्डिङ बोर्ड अनधिकृत र मापदण्डविपरित

काठमाडौं । आक्रमक प्रचारप्रसार गरिरहेको एक्स्ट्रिम इनर्जी ड्रिंक्सले काठमाडौं महानगरका