२०८३, २९ जेष्ठ शनिबार

सङ्घीयताका कारण देश बर्बादी तर्फ, राजतन्त्र फर्काउन जुटौँ : अध्यक्ष थापा

सङ्घीयताका कारण देश बर्बादी तर्फ, राजतन्त्र फर्काउन जुटौँ : अध्यक्ष थापा


काठमाडौँ, ३ भदौ :राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संघिय व्यवस्थाका कारण मुलुक असफलताको बाटो तर्फ अघि बढेको बताउनुभएको छ। राप्रपा संगठन विभागले आईतबार काठमाडौ आयोजना गरेको कार्यक्रममा अध्यक्ष थापाले अहिले देखा परेको कमी कमजोरी र असफलता संघिय व्यवस्थाका कारण नै भएको बताए ।

उनले अहिलेको असफलता केवल व्यक्तिको असफलता मात्र नभएर प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष प्रचण्डको स्थानमा काँग्रेस सभापति शेर बहादुर देउवा भएको भएपनि परिस्थिति अहिलेको भन्दा दोब्बर खतराको अवस्थामा पुग्ने बताए ।

अध्यक्ष थापाले अहिलेको कमजोरी र असफलता नीतिगत व्यवस्थाको असफलता भएको तर्क गरे । उनले संविधानले दिएको स्वतन्त्रताको अधिकारलाई टेकेर फरक बिचार बोकेर हिँडेको भन्दै अब आफ्नो एजेण्डालाई स्थापित गर्न शसक्त रूपले अघि बढ्नुपर्ने बेला आएको बताए ।उनले राष्ट्रवादीहरूले फुटेर नभई जुटेर अघि बढ्ने बेला आएको उल्लेख गरे ।

प्रकाशित मिति : २०७५, ३ भाद्र आईतबार  ५ : १९ बजे

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क

रोपाइँको मुखमा किसानलाई मल–बीउ उपलब्ध गराउन एमालेको माग

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीले धान रोपाइँ तथा

सीमादेखि संसदसम्म सरकार विवादमा, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन एमालेको चेतावनी

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय स्वाधीनता, श्रमिक अधिकार र लोकतान्त्रिक

बजेट छेडखानी प्रकरणमा एमालेको चुनौती : ‘दूधको दूध, पानीको पानी गर्न तयार छौँ’

काठमाडौं । नेकपा एमालेका सांसद गुरु बराल ले अर्थमन्त्री स्वर्णिम

प्रधानमन्त्रीको मौनता र अर्थमन्त्रीको धम्कीमाथि : केसीको आक्रोश

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी ले संसद्प्रति सरकारको