२०८२, २३ चैत्र मंगलबार

जवरजस्ती गर्भवति बनाउने उदेश्यले यौन सम्पर्क राखेमा,जवरजस्ती करणीको मुद्दामा सजाय हुने

जवरजस्ती गर्भवति बनाउने उदेश्यले यौन सम्पर्क राखेमा,जवरजस्ती करणीको मुद्दामा सजाय हुने


सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यलाई मध्यनजर गर्दै सरकारले प्रजनन स्वास्थ्य अधिकार सम्बन्धि विधेयक २०७५ तयार पारेको छ । संसद्मा पुगेको ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धि विधेयकमा शिशु जन्माउने र नजन्माउने अधिकार महिलामा हुने उल्लेख छ ।

संविधानको व्यवस्था अनुसार ल्याइएको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धि विधेयकले भने प्रत्येक महिलालाई गर्भवती हुने वा नहुने, शिशु जन्माउने वा नजन्माउने, गर्भान्तर वा सन्तानको संख्या निर्धारण गर्ने अधिकार दिएको छ । यदि कसैले जवरजस्ती महिलालाई गर्भवति बनाउने उदेश्यले यौन सम्पर्क राखेमा मुलुकी अपराध संहिता ऐन, २०७४ अनुुसार विवाहपछिको बलत्कार र जवरजस्ती करणीको मुद्दामा सजाय हुने छ । संसदमा पुगेको यो विधेयक पारित भएपछि आधाभन्दा धेरै जनसंख्या भएका महिला शक्तिशाली हुने देखिएको छ । चारदिनअघि प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरिएको विधेयकको दफा ३ मा गर्भमा रहेको शिशु जन्माउने वा नजन्माउने अधिकार महिलालाई हुने भनिएको छ ।

विधेयक पारित भएर आएपछि प्रभावकारी कार्यान्वयनका लागि सरकारले संघीय संरचना अुनसार महिलाको शरीरमाथि महिलाकै अधिकार हो र उसले यसको उपभोग गर्न पाउँछ भनेर जानकारी दिनका लागि सबै स्वास्थ्य संस्थामा सुचना केन्द्र खोल्ने तयारी गरेको छ । नयाँ विधेयक पारित भएसँगै कार्यान्वयन पनि कडाइकासाथ लागु गर्नु एकातर्फ छ भने नयाँ व्यवस्थाका बारेमा महिलासम्म जानकारी पु¥याउनु पनि सरकारको दायित्व हुनेछ ।

प्रकाशित मिति : २०७५, ३ भाद्र आईतबार  ४ : ५६ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि