२०८३, २५ आश्विन सोमबार

बलात्कारीलाई फाँसीको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन, शान्तिपूर्ण प्रदर्शनमा प्रहरीको हस्तक्षेप

बलात्कारीलाई फाँसीको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन, शान्तिपूर्ण प्रदर्शनमा प्रहरीको हस्तक्षेप


बलात्कारीलाई फाँसीको माग गर्दै काठमाडौको माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शन गरेका छन्। शनिबार महिला अधिकारकर्मीहरु कालो पेटीकोट लगाएर प्रदर्शनमा उत्रिएपछि प्रहरीले पक्राउ गरेको छ ।

बलात्कारीलाई फाँसी दे भन्दै नाराबाजी गर्न थालेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रदर्शनबाट ५ महिला, एक पुरुष र एक जना तेस्रो लिङ्गीलाई समेत प्रहरीले सिंहदरबारस्थित वृत्तमा राखेको थियो । उनिहरुले बलात्कारीलाई फाँसीको व्यवस्था गर, भन्ने ब्यानर सहित माइतीघर मण्डलामा भेला भएका युवा युवतीले संविधान संशोधनको माग गरेका थिए । मुलुकमा बलात्कारका घटना बढ्दै जानु र दोषीलाई कडा कारबाही नहुनु लगायत घटनाबाट आक्रान्त बनेको युवा पुस्ता यस अभियानमा संलग्न छन्। शान्तिपूर्णरुपमा प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेका थिए ।

विशेष गरेर नयाँ पुस्ताका युवायुवतीहरूले सामाजिक सञ्जालमार्फत् नै बलात्कारीलाई फाँसी दिनुपर्ने अभियान चलाइरहेका छन् । भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिता ऐनले सार्वजनिक स्थानमा अर्धनग्न प्रदर्शन गर्नेलाई पनि कानूनी कारबाही हुने व्यवस्था छ।

प्रकाशित मिति : २०७५, २ भाद्र शनिबार  ७ : ३४ बजे

सर्वोच्चका न्यायाधीश सिफारिसमा विवाद : मापदण्डभन्दा प्रधानन्यायाधीशको रोजाइ हाबी भएको आरोप

काठमाडौं । सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस गर्ने न्याय

चार देशका प्रस्तावित राजदूतलाई एउटै प्रश्न : राष्ट्रिय स्वार्थ जोगाउने चुनौती

काठमाडौं । भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित नेपाली

फिल्म ‘आ बाट आमा २’ को ट्रेलर सार्वजनिक

काठमाडौं । बडादशैंलाई लक्षित गर्दै चलचित्र ‘आ बाट आमा २’

कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामाको अग्रता, ९०० मत गन्दा ३८० मत

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (आदिवासी जनजाति) पदमा

एक्स्ट्रिम इनर्जी ड्रिंक्सका होर्डिङ बोर्ड अनधिकृत र मापदण्डविपरित

काठमाडौं । आक्रमक प्रचारप्रसार गरिरहेको एक्स्ट्रिम इनर्जी ड्रिंक्सले काठमाडौं महानगरका