२०८२, २७ असार शुक्रबार

कञ्चनपुरमा अठहत्तर महिला हराए, ५४ जना महिला अझै फेला परेन

कञ्चनपुरमा अठहत्तर महिला हराए, ५४ जना महिला अझै फेला परेन


कञ्चनपुर, २ भदौ : कञ्चनपुरका तीन वटा नगरपालिका क्षेत्रबाट आव ०७४÷७५ को असार मसान्तसम्म ७८ जना महिला हराएका छन् । बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकाका विभिन्न स्थानबाट महिला हराएको भन्दै खोजतलासका लागि निवेदन परेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।

हराएका ७८ महिलामध्ये २४ जना महिलामात्रै फेला परेका छन् । इप्रका झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले भन्नुभयो, “अझै ५४ जना महिला फेला पर्न सकेका छैनन् ।” सबैभन्दा बढी वैदेशिक रोजगारमा गएका व्यक्तिका श्रीमती हराएका छन् ।

अर्कैसँग भागी विवाह गर्ने तथा रोजगारीको प्रलोभनमा परेर हराउने गरेको पाइएको छ । हराएका महिला बेचबिखनमा परेको भने पाइएको छैन प्रहरी निरीक्षक अवस्थीले भन्नुभयो, “बीस वर्षदेखि ४० वर्ष उमेरका महिला बढी हराएका छन् ।” हराउनेमा ५० वर्षसम्मका महिला पनि रहेको उहाँको भनाइ छ ।

प्रकाशित मिति : २०७५, २ भाद्र शनिबार  ५ : ५६ बजे

२४ घण्टामा ७० विपद् सम्बन्धी घटना : चार जनाको मृत्यु, ६ बेपत्ता

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर विभिन्न ७० वटा विपद्

क्याप्टेन रामेश्वर थापाको बायोग्राफीमा चलचित्र ‘क्याप्टेन साब’ बन्ने

काठमाडौं । चलचित्र ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको छ । बिहीबार

धोबिघाट, सानेपा, नख्खुको आठ लेन बाटोमा बढ्दै हरियाली (तस्बिरहरु)

काठमाडौं । धोबिघाट, सानेपा, नख्खुको आठ लेन बाटोमा पछिल्लो समय

पूर्वपश्चिम राजमार्ग दाउन्नेमा अवरुद्ध सडक खुल्यो

बुटवल । अविरल वर्षका कारण सडक भासेपछि पूर्वपश्चिम राजमार्ग अन्तर्गत