२०८३, ११ भाद्र शुक्रबार

समृद्ध प्रदेश निर्माण गर्ने सरकारको सङ्कल्प : मुख्यमन्त्री डोरमणि पौडेल

समृद्ध प्रदेश निर्माण गर्ने सरकारको सङ्कल्प : मुख्यमन्त्री डोरमणि पौडेल


काठमाडौँ, २ भदौ : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश नम्बर ३ को सरकार जनताले प्रत्यक्ष अनुभूति हुने गरी समृद्ध प्रदेशका रुपमा विकास गर्न क्रियाशील रहेको बताउनुभएको छ ।

मदन भण्डारी फाउण्डेशनको दोस्रो राष्ट्रिय सम्मेलनको शनिबार उद्घाटन गर्दै उहाँले भन्नुभयो, “नेपाल कम्युनिस्ट पार्टीको वर्तमान सरकारले देशमा व्यापक परिवर्तन गरेरै छाड्नेछ, यो हाम्रो सङ्कल्प हो । यसमा हामीलाई सबैको साथ र सहयोग आवश्यक छ ।” पच्चीस वर्षअघि जननेता मदन भण्डारीले स्थापना गरेको जगमा हामी अहिले उभिरहेका छौँ भन्दै उहाँले मदन भण्डारीको सपनालाई जीवन्त बनाउन सकेमा मात्र उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने बताउनुभयो । मदन भण्डारी फाउण्डेशनका केन्द्रीय सदस्य सीता पौडेलले दुई फरक धार भएका नेकपा एमाले र माओवादीबीच एकतासँगै बहुदलीय जनवादको पक्षमा सहमति बनेको प्रसङ्ग उल्लेख गर्नुभयो ।

नेकपाका नेता डा राजन भट्टराई र देवराज घिमिरेले मदन भण्डारीले नेपालको कम्युनिष्ट आन्दोलनलाई प्रजातान्त्रीकरण गर्नुभएको प्रसङ्ग उल्लेख गर्नुभयो । कार्यक्रमका सभापति मदन भण्डारी फाउण्डेशनका उपाध्यक्ष गुरु बरालले जनताको आशालाई विश्वासमा परिणत गर्न राष्ट्रिय गौरवका आयोजना तोकिएको समयमा पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति : २०७५, २ भाद्र शनिबार  ४ : ५८ बजे

एमाले नेता घिसिङद्धारा वेपत्ता आफन्तजनको नाम जिल्ला प्रशासनमा टिपाउन अपिल

सिन्धुली । नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले तिब्बत

अस्पतालमा बेपत्ता आफन्त खोज्दै बाढी प्रभावित, नाम टिपाउँदै आफन्तजन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि हराएका तथा सम्पर्कविहीन आफन्तको

बाढीका घाइतेको उपचारमा चक्रदेवी अस्पताललाई इन्धन र विद्युत्को संकट

काठमाडौं । रसुवा र नुवाकोटमा आएको बाढीपछि घाइतेको उपचारको मुख्य

पृथ्वी राजमार्गमा यातायात ठप्प, सड्कमा थुप्रिएको लेदो हटाउने काम जारी

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित सडकमार्गमा अझैंपनि

बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापामगरसहितको टोली सक्रिय

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित प्रदेश सरकारका मन्त्री