२०८१, ३० फाल्गुन शुक्रबार

सूर्यमुखी र भटमासको खानेतेल गुणस्तरहीन, वाग्मती उद्योगको उत्पादनमा सरकारले रोक लगायो

सूर्यमुखी र भटमासको खानेतेल गुणस्तरहीन, वाग्मती उद्योगको उत्पादनमा सरकारले रोक लगायो


विराटनगर, १ भदौ वाग्मती आयल इण्डष्ट्रिज मोरङ कटहरीद्वारा उत्पादित सूर्यमुखी तथा भटमासको खानेतेल गुणस्तरहीन भएको आरोपमा आज उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट खटिएको एक उच्चस्तरीय टोलीले उद्योगको उत्पादनमा रोक लगाएको छ ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयोजकत्वमा नेपाल गुणस्तर तथा नापतौल विभाग, वाणिज्य कार्यालय, क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको संयुक्त अनुगमन टोलीले आज मोरङ तथा सुनसरी क्षेत्रका विभिन्न उद्योग तथा व्यापारी फर्ममा गरिएको अनुगमनका क्रममा उक्त रोक्का गरिएको जनाएको छ । साथै उक्त टोलीले बाबा भेजिटेवल आयल इण्डष्ट्रिज मोरङ कटहरीको सूयमुखी तथा भटमासको तेल, स्वास्तिक आयल इण्डष्ट्रिज मोरङ हात्तिमुडाबाट उत्पादित वनस्पति ध्यू, सूयमुखी, तोरी तथा भटमासको तेल, जेके आयल मिल्स सुनसरी दुहवीबाट उत्पादित तोरीको तेल, पशुपति खाद्य उद्योग प्रालि सुनसरी सोनापुरबाट उत्पादित सूर्यमुखी तथा भेटमासको तेल, श्री गृहलक्ष्मी हार्डवेयर, मोरङको वुढीगंगा टंकिसिनवारीबाट उत्पादित पिपिसि अन्नपुर्ण सिमेण्टको नमूना परीक्षणका लागि संकलन गरिएको नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय विराटनरका प्रमुख मनिस दासले बताउनुभयो ।

यसैगरी अन्य नमूना संकलन गरिएका उद्योगहरुमा हुलास वायर प्रालि सुनसरीबाट उत्पादित टिएमटि छड, विजय किराना पसल सुनसरीवाट खाद्य सामाग्री, रौनियार हाडवेयर सुनसरी दुहवीबाट गोरखकाली सिमेण्ट र तेज सिमेन्ट, सुशील स्टोर्स दुहवी सुनसरीबाट खाद्य सामाग्री,मोरङको टंकिसिनवारीस्थित कमला रोलिङ मिल्सबाट उत्पादित टिएमटि फलामे छड रहेका छन् ।

प्रकाशित मिति : २०७५, १ भाद्र शुक्रबार  १० : १६ बजे

कला र साहित्यले विश्वव्यापी भाइचारालाई मजबुत बनाउँछ : पूर्वराष्ट्रपति

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कला र साहित्यले हाम्रा भगोलिक

देशको आर्थिक अवस्था सुखद छैन् गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय देशको आर्थिक अवस्था

साँखुमा स्कुल बस दुर्घटना : छ जनाकाे मृत्यु, ४० घाइते 

काठमाडौं: काठमाडौंको शंखरापुर नगरपालिका ५ स्थित साँखु–नगरकोट सडखण्डमा स्कुल बस

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी

हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले राजनीतिक