२०८३, २५ आश्विन सोमबार

खेलकूद क्षेत्रको विकास गर्नुपर्छ : नेता पौडेल

खेलकूद क्षेत्रको विकास गर्नुपर्छ : नेता पौडेल


तनहुँ, १ भदौ : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीयस्तरबाट खेलकूद क्षेत्रको विकास गर्नुपर्ने बताउनुभएको छ । जिल्लाको म्याग्दे गाउँपालिका वडा नं १ गुणादीस्थित फ्रेन्डसीप युवा क्लबले आजदेखि आयोजना गरेको ‘सेभेन ए साइड’ फुटबलको उद्घाटन गर्नुहँुदै नेता पौडेलले मोफसलबाट खेलकूद क्षेत्रको विकास गर्नुपर्ने बताउनुभयो ।

नेता पौडेलले भन्नुभयो,“ खेलकूद क्षेत्रको विकासको लागि स्थानीय तहदेखि नै राज्यले ध्यान दिनुपर्छ ।” दमौलीबाट मानुङकोटसम्मको मोटरमार्ग काँग्रेसको पालामा बनेको दावी गर्दै उहाँले अब छिट्टै कालोपत्रे हुनेमा विश्वस्त पार्नुभयो ।

उक्त कार्यक्रममा पार्टीका केन्द्रीय नेता शङ्कर भण्डारी, धुव्र वाग्ले, गण्डकी प्रदेशकी सांसद सरिता गुरुङ, काँग्रेस सभापति वैकुण्ठ न्यौपानेलगायतका वक्ताले खेलकूद क्षेत्रको विकासको लागि गुणस्तर जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिएका थिए । उक्त प्रतियोगितामा खेलमा ३० टोलीले सहभागिता जनाएका छन् । फुटबल प्रतियोगितामा प्रथम हुने टोलीलाई रु ७५ हजार, पदक र प्रमाणपत्र तथा द्धितीया हुनेलाई रु ३५ हजार मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष दुर्गाबहादुर थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७५, १ भाद्र शुक्रबार  ७ : ५२ बजे

सर्वोच्चका न्यायाधीश सिफारिसमा विवाद : मापदण्डभन्दा प्रधानन्यायाधीशको रोजाइ हाबी भएको आरोप

काठमाडौं । सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस गर्ने न्याय

चार देशका प्रस्तावित राजदूतलाई एउटै प्रश्न : राष्ट्रिय स्वार्थ जोगाउने चुनौती

काठमाडौं । भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित नेपाली

फिल्म ‘आ बाट आमा २’ को ट्रेलर सार्वजनिक

काठमाडौं । बडादशैंलाई लक्षित गर्दै चलचित्र ‘आ बाट आमा २’

कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामाको अग्रता, ९०० मत गन्दा ३८० मत

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (आदिवासी जनजाति) पदमा

एक्स्ट्रिम इनर्जी ड्रिंक्सका होर्डिङ बोर्ड अनधिकृत र मापदण्डविपरित

काठमाडौं । आक्रमक प्रचारप्रसार गरिरहेको एक्स्ट्रिम इनर्जी ड्रिंक्सले काठमाडौं महानगरका