२०८२, १० फाल्गुन आईतबार

देशको समृद्धीका लागि पुराना सोच त्याग्नुपर्छ मन्त्री : लालबाबु पण्डित

देशको समृद्धीका लागि पुराना सोच त्याग्नुपर्छ मन्त्री : लालबाबु पण्डित


काठमाडौँ, १ भदौ सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नयाँ उपलब्धि हासिल गर्न कतिपय पुरानासोचलाई त्याग्नुपर्ने बताएका छन् ।

स्थानीय विकास पत्रकार समाजले शुक्रबार आयोजना गरेको समृद्धि र सुशासनका लागि प्रदेश र स्थानीय सरकारबीच सम्बन्ध र तहगत अन्तर सम्बन्ध विषयक अन्तक्र्रिया कार्यक्रममा मन्त्री पण्डितले देश नयाँ संरचनामा गएकाले पुराना केही कुरालाई त्यागी अघि बढ्नुपर्ने बताएका हुन।

उनले भने “देशलाई आर्थिक समृद्धितिर लान आवश्यक छ, त्यसको लागि सकारात्मक सोचका साथ अघि बढ्नुपर्छ । राष्ट्रसेवक कर्मचारी दुर्गम स्थानमा रहेका जनताको सेवामा जान नमान्ने गरेको भन्दै उहाँले आगामी दिनमा त्यस्तो नहुने र मन्त्रालयले आवश्यकताअनुसार देशको जुन कुनामा पठाए पनि तयार रहनुपर्ने बताए ।

यसैगरी सचिव दिनेशकुमार थपलियाले संविधानलाई सफल बनाउन र मुलुकलाई समृद्धतिर लानको लागि कर्मचारी संविधानअनुसार परिचालन हुनुपर्नेमा जोड दिए ।

प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालले सबैले आफ्नो जिम्मेवारी पूरा गरेमात्र संविधान कार्यान्वयन हुने धारणा राखेका थिए। समृद्धितिर लाने हो भने स्थानीय र प्रदेश सरकारको हरेक काम कारवाहीमा सहकार्य र समन्वय हुनुपर्ने बताएका छन् ।

प्रकाशित मिति : २०७५, १ भाद्र शुक्रबार  ७ : १६ बजे

कर्फ्युका कारण रौतहट जिल्ला अदालतका सबै सेवा स्थगित

काठमाडौँ । रौतहटमा जारी गरिएको अनिश्चितकालीन कर्फ्युका कारण रौतहट जिल्ला

मतदानअघि राष्ट्रको पक्ष रोजौँ : देश बनाउनेलाई साथ दिन आग्रह : सचिव महेश बस्नेत

भक्तपुर, १० फागुन । नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र

चियाबारी-खुर्कोट सुरूङ एमालेकै नेतृत्वमा बन्छ : मनोजजंग

सिन्धुली: चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण नेकपा एमालेको नेतृत्वमै सम्पन्न हुने

एमालेको झण्डा जलाउनेलाई कारबाहीको चेतावनी : अञ्जना अधिकारी

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)की युवा नेतृ अञ्जना अधिकारीले पार्टीको

तेमालका हजार एमालेमा प्रवेश : अमित लामाद्वारा स्वागत

बनेपा। तेमाल गाउँपालिका-१ सस्र्यूखर्क लामागाउँका हजार सिं तामाङ नेकपा (एमाले)