२०८३, २१ आश्विन बिहीबार

देशको समृद्धीका लागि पुराना सोच त्याग्नुपर्छ मन्त्री : लालबाबु पण्डित

देशको समृद्धीका लागि पुराना सोच त्याग्नुपर्छ मन्त्री : लालबाबु पण्डित


काठमाडौँ, १ भदौ सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नयाँ उपलब्धि हासिल गर्न कतिपय पुरानासोचलाई त्याग्नुपर्ने बताएका छन् ।

स्थानीय विकास पत्रकार समाजले शुक्रबार आयोजना गरेको समृद्धि र सुशासनका लागि प्रदेश र स्थानीय सरकारबीच सम्बन्ध र तहगत अन्तर सम्बन्ध विषयक अन्तक्र्रिया कार्यक्रममा मन्त्री पण्डितले देश नयाँ संरचनामा गएकाले पुराना केही कुरालाई त्यागी अघि बढ्नुपर्ने बताएका हुन।

उनले भने “देशलाई आर्थिक समृद्धितिर लान आवश्यक छ, त्यसको लागि सकारात्मक सोचका साथ अघि बढ्नुपर्छ । राष्ट्रसेवक कर्मचारी दुर्गम स्थानमा रहेका जनताको सेवामा जान नमान्ने गरेको भन्दै उहाँले आगामी दिनमा त्यस्तो नहुने र मन्त्रालयले आवश्यकताअनुसार देशको जुन कुनामा पठाए पनि तयार रहनुपर्ने बताए ।

यसैगरी सचिव दिनेशकुमार थपलियाले संविधानलाई सफल बनाउन र मुलुकलाई समृद्धतिर लानको लागि कर्मचारी संविधानअनुसार परिचालन हुनुपर्नेमा जोड दिए ।

प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालले सबैले आफ्नो जिम्मेवारी पूरा गरेमात्र संविधान कार्यान्वयन हुने धारणा राखेका थिए। समृद्धितिर लाने हो भने स्थानीय र प्रदेश सरकारको हरेक काम कारवाहीमा सहकार्य र समन्वय हुनुपर्ने बताएका छन् ।

प्रकाशित मिति : २०७५, १ भाद्र शुक्रबार  ७ : १६ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको