२०८२, २७ आश्विन सोमबार

काभ्रेको बेथानचोक गाउँपालिकाका सबै वडा कार्यालयमा विद्यूतीय हाजिर मेसिन जडान

काभ्रेको बेथानचोक गाउँपालिकाका सबै वडा कार्यालयमा विद्यूतीय हाजिर मेसिन जडान


काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका अन्तर्गतका सबै वडा कार्यालयहरुमा विद्यूतीय मेसिनबाट हाजिरी सुरु गरिएको छ ।

गाउँ पालिकालाई प्रविधि मैत्री बनाउने उद्देश्यका साथ शुत्रबार देखि विद्यूतीय हाजिरी मेसिन सञ्चालनमा ल्याइएको हो । साथै आगामी दिनमा बेथानचोक गाउँपालिका भित्रका स्वास्थ्य चौकी, विद्यालयहरूमा पनि इ–हाजिरी जडान गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज आचार्यले जानकारी दिए । ‘अहिले वडा कार्यालयहरुमा मात्रै विद्यूतीय हाजिरी मेसिन जडान गरिएको छ, उनले भने ‘हामी गाउँपालिकाका स्वास्थ्य चौकी र विद्यालयमा पनि हाजिरी प्रणाली विद्यूतीय माध्यमबाटै गर्छौँ ।’ बेथानचोक गाउँपालिकामा ६ वडा रहेका छन् ।

विद्यूतीय हाजिरी मेसिन सञ्चालनमा ल्याएपछि गाउँपालिका र वडा कार्यालयहरु गर्ने सम्पूर्ण कार्यहरू स्वच्छ, पारदर्शी र कर्मचारीहरूलाई नियमित गराउने गाउँपालिकाका प्रमूख पे्रम बहादुर तिमल्सिनाले बताए । यसैबीच गाउँपालिकाले शुक्रबार नै पालिकाको कार्यालयलमा सीसीटिभी समेत जडान गरेको छ । ‘गाउँपालिकाको कार्यालयबाट गरिने सबै काम स्वच्छ र पारदर्शी गराउने हाम्रो प्रतिबद्धता हो, गाउँपालिकाका प्रमूख प्रेम बहादुर तिमल्सिनाले भने ‘जनताको सेवा गर्छु भनेर आएपछि जनप्रतिनिधि हुन वा कर्मचारी कसैले पछि दायाबाया गर्न पाइदैन् ।’

प्रकाशित मिति : २०७५, १ भाद्र शुक्रबार  ३ : २२ बजे

रौतहटमा पानीमा डुबेर ३ बालिकाको मृत्यु, ४ जनाको उद्धार

रौतहट । गौर नगरपालिकामा पानीमा डुबेर ३ बालिकाको मृत्यु भएको

इजरायली सेनाका अधिकारीद्वारा विपिन जोशीको निधनको जानकारी

काठमाडौं । इजरायलमा हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विद्यार्थी विपिन जोशी

पूर्वएआइजी सुवेदीविरुद्ध प्रचण्ड सचिवालयको उजुरी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले

सुशीला कार्की प्रधानमन्त्री बनेपछि पहिलोपटक राष्ट्रिय सुरक्षा परिषद् बैठक

काठमाडौं । सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बनेपछि पहिलोपटक राष्ट्रिय

राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते हुने तयारी

काठमाडौं । राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते गर्ने