२०८१, ९ माघ बुधबार

खानीखोला गाँउपालिकामा १ जना खोलाले बगाएर बेपत्ता ,२ जनालाई हेलिकप्टरद्धारा उद्धार ।

खानीखोला गाँउपालिकामा १ जना खोलाले बगाएर बेपत्ता ,२ जनालाई हेलिकप्टरद्धारा उद्धार ।



ताल्ढुङ्गा / खानीखोला गाँउपालिका वार्ड नंंं २ का मान बहादुर राउत एक हप्तादेखी खोलाले बगाएर वेपत्ता भएका छन् । ३५ वर्षका मान बहादुरलाई खोला तर्न लाग्दा सिम्लेमा रहेको खानीखोलाले बगाएको थियो ।

खोलाले बगाएर बेपत्ता भएका मान बहादुरको खोजीको लागि प्रहरी प्रशासन र जनप्रतिनिधिद्धारा खोजी कार्य गरिएको भएपनि फेला पार्न नसकेको खानीखोला गाँउपालिका वार्ड नंं. ६ का वडा अध्यक्ष मान बहादुर गोलेले जानकारी दिए । त्यस्तै ४ दिनसम्मको निरन्तर वर्षाका कारण बाग्मति खोलामा पानीको बहाव बढेपछि खानीखोला गाँउपालिका सञ्जय थिङ्ग र विनेश गुरुङ्गच्याङ्गलाई हेलिकप्टरद्धारा उद्धार गरिएको छ ।

गत श्रावण २१ गते खानीखोला गाँउपालिकाको वार्ड नंं ७ मा पर्ने महाङ्गाल नजिकको मसाने भित्तापारी सिसौघारीमा माछा मार्न गएका टेक बहादुर थिङ्गका १५ वर्षका छोरा सञ्जय थिङ्ग र खिल ब गुरुङ्गच्याङ्गका ११ वर्षका छोरा विनेश गुरुङ्गच्याङ्ग दुइपट्टिबाट बाग्मति खोला भेल आएपछि बीचमै अलपत्र परेका थिए । दुइपट्टि बाटै खोला ठुलो आएपछि रुखमा चढेर बसेका सञ्जय र विनेशलाई गाँउपालिकाको पहलमा ६ घण्टापछि हेलिकप्टद्धारा उद्धार गरिएको थियो । सजना आचार्य

प्रकाशित मिति : २०७५, २२ श्रावण मंगलबार  ९ : ४७ बजे

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरे दोस्रो कार्यकालको लागि शपथ ग्रहण

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्याकालको लागि शपथ

सशस्त्र प्रहरीको विपद् प्रतिकार्यका लागि ५३ औं टोली तयार

सप्तरी । विपद् व्यवस्थापन कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल,

आजको मौसम अपडेट : तराईमा बाक्लो हुस्सु, केही प्रदेशमा बदली हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

प्रधानमन्त्रीको प्रतिवद्धतापछि मन्त्री पौडेल उत्साहित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुझाव

जाजरकोट भूकम्पबारे विस्तृत क्षतिको आँकलन माघ दोस्रो हप्तासम्म सुरु हुने

काठमाडौं । गृहमन्त्री रमेश लेखकले जाजरकोटको भूकम्पको बारेमा विस्तृत क्षतिको