२०८३, २४ बैशाख शुक्रबार

खानीखोला गाँउपालिकामा १ जना खोलाले बगाएर बेपत्ता ,२ जनालाई हेलिकप्टरद्धारा उद्धार ।

खानीखोला गाँउपालिकामा १ जना खोलाले बगाएर बेपत्ता ,२ जनालाई हेलिकप्टरद्धारा उद्धार ।



ताल्ढुङ्गा / खानीखोला गाँउपालिका वार्ड नंंं २ का मान बहादुर राउत एक हप्तादेखी खोलाले बगाएर वेपत्ता भएका छन् । ३५ वर्षका मान बहादुरलाई खोला तर्न लाग्दा सिम्लेमा रहेको खानीखोलाले बगाएको थियो ।

खोलाले बगाएर बेपत्ता भएका मान बहादुरको खोजीको लागि प्रहरी प्रशासन र जनप्रतिनिधिद्धारा खोजी कार्य गरिएको भएपनि फेला पार्न नसकेको खानीखोला गाँउपालिका वार्ड नंं. ६ का वडा अध्यक्ष मान बहादुर गोलेले जानकारी दिए । त्यस्तै ४ दिनसम्मको निरन्तर वर्षाका कारण बाग्मति खोलामा पानीको बहाव बढेपछि खानीखोला गाँउपालिका सञ्जय थिङ्ग र विनेश गुरुङ्गच्याङ्गलाई हेलिकप्टरद्धारा उद्धार गरिएको छ ।

गत श्रावण २१ गते खानीखोला गाँउपालिकाको वार्ड नंं ७ मा पर्ने महाङ्गाल नजिकको मसाने भित्तापारी सिसौघारीमा माछा मार्न गएका टेक बहादुर थिङ्गका १५ वर्षका छोरा सञ्जय थिङ्ग र खिल ब गुरुङ्गच्याङ्गका ११ वर्षका छोरा विनेश गुरुङ्गच्याङ्ग दुइपट्टिबाट बाग्मति खोला भेल आएपछि बीचमै अलपत्र परेका थिए । दुइपट्टि बाटै खोला ठुलो आएपछि रुखमा चढेर बसेका सञ्जय र विनेशलाई गाँउपालिकाको पहलमा ६ घण्टापछि हेलिकप्टद्धारा उद्धार गरिएको थियो । सजना आचार्य

प्रकाशित मिति : २०७५, २२ श्रावण मंगलबार  ९ : ४७ बजे

उपसभामुखको हस्ताक्षर विवादमा, हर्क साम्पाङ आक्रोशित

काठमाडौं । उपसभामुखसँग सम्बन्धित हस्ताक्षर प्रक्रियालाई लिएर देखिएको विवादले राजनीतिक

“प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामै प्रश्न, सर्वोच्चमा रिट”

काठमाडौं । संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा गरेको सिफारिसविरुद्ध

प्रधान न्यायाधीश सिफारिसको असर : सर्वोच्च अदालतको पेसी सूची प्रकाशनमा ढिलाइ

काठमाडौं । वरीयता र स्थापित परम्परा मिचेर चौथो वरीयताका न्यायाधीश

कम्बोडियामा अलपत्र ६३ नेपालीको उद्धारका लागि ट्राभल डकुमेन्ट तयार

काठमाडौं ।  थाइल्याण्डस्थित नेपाली राजदूतावासले कम्बोडियामा अलपत्र परेका ६३ जना

नेपाली प्रविधि कम्पनी टिङटिङको व्यावसायिक सञ्चारप्रणाली श्रीलङ्कामा

काठमाडौं । नेपालको प्रविधि कम्पनी टिङ टिङले श्रीलंकामा आफ्नो सेवा