२०८३, ६ जेष्ठ बिहीबार

तेमाल गाउँपालिका विवादमा रुमल्लियो, के हुनसक्छ समाधानको बाटो ?

तेमाल गाउँपालिका विवादमा रुमल्लियो, के हुनसक्छ समाधानको बाटो ?


काभ्रे, २१ असार । देशभरका आधाभन्दा बढी स्थानीय तहहरुले ऐनमा तोकिएअनुसार बजेट नल्याएजस्तै काभ्रेमा पनि अधिकांश स्थानीय तहले ऐनले निर्देशित गरे बामोजिको समयभित्र बजेट ल्याउन सकेका छैनन् । स्थानीय सरकार सञ्चाल ऐन ०७४ र सरकारी वित्तीय व्यवस्थापन ऐन ०७४ ले निर्देशित गरेअनुसार देशभरका ७ सय ५३ स्थानीय तहले गत असार १० गते नै बजेट पेश गरिसक्नु पर्ने थियो ।

तेह्रावटा स्थानीय तह भएको काभ्रेमा केही स्थानीय तहले बजेट पेश गरे पनि ऐनले व्यवस्था गरेको समयसीमालाई नाघेका छन् । यसरी ऐन मिचेर गरिएको गाउँ तथा नगर सभामा पनि अनेकन झमेला र विवाद देखिएको छ । जिल्लाका अधिकांश स्थानीय तहहरु जेनतेन बजेटसभाको सुरसार गर्दैछन् । विवादकै कारण काभ्रेको तेमाल गाउँपालिकाका प्रमुख सलामसिं तामाङले पेश गरेको नीति तथा कार्यक्रम र बजेट पास गर्न बसेको गाउँसभालाई बहुमत सदस्यले बहिस्कारै गरेका थिए ।
बहिस्कार गर्ने गाउँसभाका सदस्यहरुले गाउँ कार्यपालिकामा भएको सहमति ‘तेमाल पर्यटन सम्भाव्यता अध्ययन तथा स्मारक निर्माण’को बजेटलाई कटौती गरी अध्यक्षले मनोमानी रुपमा टुक्रे योजनामा विनियोजन गरेको आरोप छ । असहमति जनाउने सभाका सदस्यहरुले तेमालको महत्वपूर्ण योजनाको बजेट कटौती गरिएको भन्दै आफूहरुको असहमति भएको निवेदन गाउँसभास्थल र जिल्ला समन्वय समितिमा समेत दर्ता गराएका थिए ।

के हुनसक्छ अबको बाटो ?
बजेटसभामा विवाद र सहमति जुट्न नसकेको अवस्थामा सभाले आफ्नो राय–सुझाव सहित गाउँ कार्यपालिकामा पठाउने व्यवस्था छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश कुमार थपलियाका अनुसार ‘सभामा छलफल हुँदा विवाद भएर पास हुन सकेन वा पास गर्नुपर्ने देखेन अथवा शंसोधन गर्नुपर्ने ठान्यो भने सभाले कारण र औचित्य सहित गाउँ कार्यपालिकामा पठाउँछ । पास नभएमा स्थानीय तहको संचित कोषबाट खर्च गर्न मिल्दैन । अरु नियमित काम भने हुन्छन् ।’ यदि त्यस्तै हुने हो भने तेमाल गाउँपालिकाले श्रावण महिनादेखि विकास निर्माणका कुनै पनि बजेट खर्च गर्नै मिल्दैन ।

विवादित बजेटका सम्बन्धमा तेमाल गाउँपालिकाको गाउँसभाले त्यसरी सुझाव सहित गाउँ कार्यपालिकामा पठाएको देखिंदैन । गाउँसभाको सुझाव अनुसार निर्णय लिएर समाधानको बाटो खोज्नुपर्नेमा त्यसो नभएपछि तेमाल गाउँपालिका विवादै विवादमा रुमल्लीएको छ । त्यसो त गाउँपालिका अध्यक्ष तामाङले नत गाउँ कार्यपालिकाको बैठक डाकी विधिवत रुपमा बजेट र नीति तथा कार्यक्रम पास गर्दै गाउँ सभामा प्रस्तुत गरे न भएको भद्र सहमतिलाई नै कार्यान्वयन गरे । त्यति मात्रै होइन अध्यक्षले आर्थिक वर्ष ०७४/७५ को बजेट कार्यान्वयनको समीक्षा समेत गरनन् । गाउँ कार्यपालिकाका एक सदस्यले दिएको जानकारीअनुसार खाली माइन्युटमा समेत हस्ताक्षर गराएका छन् । भद्र सहमतिलाई कार्यान्वयन नगरेकाले नै तेमाल गाउँपालिका विवादमा रङ्मङ्गिएको देखिएको छ । त्यसैले तेमाल गाउँपालिका अध्यक्ष र बहुमत कार्यपालिका सदस्यहरु दुई विपरित दिशामा दौडिरहेका छन् । विवादका विषयमा गाउँपालिकाका अध्यक्ष सलामसिं तामाङसँग गाउँ कार्यपालिकामा पुनः छलफल गरी सहमति जुटाएर नयाँ बाटो खोज्नसक्ने विकल्प भने देखिन्छ ।

प्रकाशित मिति : २०७५, २१ असार बिहीबार  ८ : ०९ बजे

हुम्ला-बाजुरा सीमा विवाद: राजमार्ग अवरुद्ध, संसदमा कडा प्रश्न

काठमाडौं । हुम्ला र बाजुरा जिल्लाबीचको सीमा विवाद पुनः चर्किँदा

संसद बैठकमा निर्वाचनदेखि विकास वित्तसम्मका विधेयक पेश हुने

काठमाडौँ । प्रतिनिधिसभा को बैठक आज बिहान ११ बजे सिंहदरबार

कर्णालीको ‘तेल सपना’ संकटमा? संसदमा सडक विस्तारको चर्को माग

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

अमेरिका-पश्चिमलाई चुनौती दिने नयाँ धुरी ? गहिरिँदै चीन-रूस सम्बन्ध

काठमाडौं । विश्व राजनीतिमा नयाँ शक्ति समीकरण तीव्र रूपमा देखिन

प्रतिनिधिसभामा निर्वाचनसम्बन्धी दुई विधेयक दर्ता, बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा निर्वाचन प्रणालीसँग सम्बन्धित दुई वटा