२०८३, २५ आश्विन सोमबार

काभ्रेको नमोबुद्ध नगरमा बालमैत्री तालिम, भकुण्डे बजारलाई बालश्रम मुक्त बनाइने

काभ्रेको नमोबुद्ध नगरमा बालमैत्री तालिम, भकुण्डे बजारलाई बालश्रम मुक्त बनाइने


भकुण्डेबेशी । काभ्रेको नमोबुद्ध नगरपालिकालाई बालमैत्री नगर बनाउने अभियानले तिब्रता पारिएको छ । बालमैत्री नगर बनाउने अभियान अन्तर्गत सरोकार समाज नेपालको आयेजनामा नमोबुद्ध नगरपालिका भित्रका बालक्लब तथा संजालका सदस्यहरुका लागी बालमैत्री स्थानिय शासन सम्बन्धि तालिम भइरहेको छ ।

बिहिबार देखि भकुण्डेवेशीमा सुरु भएको तालिमको उद्घाटन नगरप्रमूख टिपी शर्माले गरे । कार्यक्रममा बोल्दै शर्माले आगामी २ वर्ष भित्रै नगरलाई बालमैत्री बनाईने प्रतिवद्धता व्यक्त गरेका थिए । उनले सरोकार समाज नेपालको सहयोगमा बिपी हाईवे क्षेत्र र भकुण्डे बजार क्षेत्रलाई बालश्रम मुक्त बनाउन आवश्यक कार्य सकिएकाले केहि दिनमै उक्त क्षेत्रलाई बालश्रम मुक्त घोषणा गरिने जानकारि समेत गराए । आगामि आर्थिक वर्षको निति तथा कार्यक्रममा बालबालिकाको विषय पहिलो प्राथमिकतमा रहेको पनि बताए ।

बाल मैत्री नगर बनाउने योजनाका बारे छलफल गर्दै तालिममा सहभागीहरु

सरोकार समाज नेपालका अध्यक्ष अशोक खनालले हाल बालक्लब ब्यवस्थापन संचाल, नगर संजालको नियमित बैठक, कार्यक्रम तथा बालबालिका संवन्धि बिभिन्न कार्यक्रमहरुमा सहयोग गरिरहेको र आगामि दिनमा ति कार्यक्रमहरुको निरन्तरता सहित नगरपालिकालाई बालमैत्री नगर बनाउन आवश्यक जस्तोसुकै प्राविधिक सहयोग गर्न संस्था प्रतिवद्ध रहेको बताए । नगर बाल संजालकी अध्यक्ष अस्मिता चिमैरीयाले बालबालिकाहरुले माग गरेको विषयमा तालिम संचालन गरेकोमा आयोजकलाई धन्यवाद व्यक्त गरिन ।

तालिम कार्यक्रम आज सम्म सचांलन हुने छ । सरोकार समाज नेपालले नगरभित्रका बाल संजाल तथा क्लबहरुलाई सहजिकरण तथा सहयोग गरिरहेको छ । उक्त संस्थाले हाल नगरका अभिभावक, शिक्षक, बिद्यालय,बालबालिका, सामाजिक संघ संस्था समिति, नगरपालिका तथा वडहरुले अपनाउनु पर्ने बालमैत्री आचार सहिंता तयार गर्न सम्बन्धीत समुह तथा निकायहरुसंग छलफल तथा अन्तरक्रिया जस्ता कार्यक्रममा नगरपालिकालाई सहजिकरण गरिरहेको र आगामि दिनहरुमा पनि निरन्तर सहयोग गर्ने सरोकार समाज नेपालका ३ नं प्रदेश संयोजक तथा नमोबुद्ध नगर बालक्लब सहजकर्ता लक्ष्मीराज चिमौरीयाले जानकारी दिए ।

प्रकाशित मिति : २०७५, ९ असार शनिबार  ८ : ४१ बजे

सर्वोच्चका न्यायाधीश सिफारिसमा विवाद : मापदण्डभन्दा प्रधानन्यायाधीशको रोजाइ हाबी भएको आरोप

काठमाडौं । सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस गर्ने न्याय

चार देशका प्रस्तावित राजदूतलाई एउटै प्रश्न : राष्ट्रिय स्वार्थ जोगाउने चुनौती

काठमाडौं । भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित नेपाली

फिल्म ‘आ बाट आमा २’ को ट्रेलर सार्वजनिक

काठमाडौं । बडादशैंलाई लक्षित गर्दै चलचित्र ‘आ बाट आमा २’

कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामाको अग्रता, ९०० मत गन्दा ३८० मत

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (आदिवासी जनजाति) पदमा

एक्स्ट्रिम इनर्जी ड्रिंक्सका होर्डिङ बोर्ड अनधिकृत र मापदण्डविपरित

काठमाडौं । आक्रमक प्रचारप्रसार गरिरहेको एक्स्ट्रिम इनर्जी ड्रिंक्सले काठमाडौं महानगरका